नायक कि खल नायक ? कुख्यात अपराधीहरुको अवैध सम्पति माथि छनिबिन सुरु

५ जेष्ठ २०७०, आईतवार १९:२६ मा प्रकाशित

काठमाडौं, ५ जेठ । सम्पत्ति शुद्धिकरण विभागले अवैध सम्पति जोडेको अभियोगमा खल नायकका रुपले परिचित चर्चित पांच गुन्डाहरु विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । सम्पत्ति शुद्धिकरण विभागका अनुसार कुख्यात अपराधीहरु क्रमश फोरम अध्यक्ष  बिजय गच्छेदारका गणेश लामा, एमाले नेता प्रदिप नेपालका चक्रे मिलन, राप्रपा अध्यक्ष पशुपति सम्शेर राणाका दिपक मनाङ्गे, एमाले बरिष्ठ नेता के पी ओलीका अभिषेक गिरी र पर्शुराम बस्नेत विरुद्ध मुद्दा दायर गरेको हो । फोरम अध्यक्ष एबम अपराधिक राजनीतिक चरित्रका बिजय गच्छेदारका साझेदार गणेश लामाविरुद्धको उजुरी तिब्र राजनीतिक दबाबका कारण सबैभन्दा पछि दर्ता गरिएको थियो । सम्पत्ति शुद्धिकरण विभागका अनुसार कुख्यात अपराधी गणेश लामासँग २७ करोड एक लाख अवैध सम्पति रहेको अनुमान गरिएको  छ । कुख्यात गुण्डाहरुमध्ये अपराधी गणेश लामाको अनधिकृत सम्पति सबैभन्दा बढी बढी देखिएको छ । राप्रपा अध्यक्ष पशुपति सम्शेर राणाका  सहयोगी अर्का कुख्यात अपराधी राजीव गुरुङ अर्थात्  दीपक मनाङे रहेका छन् । विभागले कुख्यात अपराधि दीपक मनाङेसँग १४ करोड ७३ लाख रुपियाँ बराबरको स्रोत नखुलेको अवैध सम्पत्ति रहेको दावी गरेको छ । एमाले बरिष्ठ नेता केपी ओलीका सहयोगी कुख्यात अपराधी पर्शुराम बस्नेतसंग ११ करोड ४१ लाख अवैध सम्पति रहेको दावी गर्दै मुद्दा दायर गरेको  छ । एमाले नेता प्रदिप नेपालका सहयोगी कुख्यात अपराधी मिलन गुरुङ अर्थात चक्रे मिलन भनिने गुन्डासँग ७ करोड ८ लाख र अर्का कुख्यात अपर्धि अभिषेक गिरीसँग २ करोड ९४ लाख अवैध रकम रहेको उजुरीमा दावी गर्दै मुद्दा दायर गरेको छ । विशेष अदालतका रजिस्ट्रार धीरबहादुर चन्दले संचार कर्मीलाई दिएको जानकरी आइतबार अनुसार पाँच जना कुख्यात अपराधीहरु विरुद्ध मुद्दा दर्ता भएको छ । आताबारनै पाँचै कुख्यात गुन्डाका श्रीमतीहरु क्रमश: अभिषेककी श्रीमती अनिषा गिरी, परशुरामकी श्रीमती अन्जुसिंह बस्नेत, मनाङेकी श्रीमती पासाङ डोमा गुरुङ, चक्रेकी श्रीमती इन्दिरा घले र गणेशकी श्रीमती लक्ष्मी लामालाई पनि अवैध सम्पत्ति आर्जन गरेको अभियोगमा  मुद्दा चलाइएको छ । आइतबार मुद्दा दायर गरिएकामध्ये कुख्यात अपराधी चक्रे मिलन केन्द्रीय कारागारमा रहेका छन् भने बाँकी चार जना गुण्डाहरु सार्वजनिक रुपले खुलम खुल्ला हिडिरहेको भए पनि प्रहरीले अदालतमा उपस्थित गराएको थिएन । यी पांच कुख्यात गुण्डा हरुको गतिबिधि र अनधिकृत सम्पति आर्जन बारे सम्पत्ति शुद्धिकरण विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले लामो समय देखि अनुसन्धान गरि रहेको थियो। यी पांच कुख्यात बिरुद्द मुद्दा दायरा गर्ने पर्याप्त आधार र प्रमाण जुटे पनि कुख्यात गुण्डा हरुलाई राजनीतिक संरक्षण रहेको र तिब्र राजनीतिक दावाका कारण मुद्दा दर्ता हुन सकेको थिएन । कुख्यात गुण्डा गणेश लामा विजयकुमार गच्छदारको पार्टी मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य हुन् भने दिपक मनाङेले आफुलाई चिनाउन संघीय लोकतान्त्रिक पार्टीका उपाध्यक्ष बताउदै आएपनि उनलाई राप्रपा अध्यक्ष पशुपति समशेर राणाले संरक्षण गर्दै आएका छन् । कुख्यात अपराधी दिपक मनाङेलाई राष्ट्रिय राजनीतिका मुख्य दलहरुका मुख्य नेताहरुको छत्र छायाँ प्राप्त छ । अर्का कुख्यात अपराधी पर्शुराम बस्नेत एमाले बरिष्ठ नेता केपी ओलीका सहयोगी एबम एमालेका कार्यकर्ता हुन् भने अपराधी चरित्रका चक्रे मिलन एमाले नेता प्रदिप नेपाल संरक्षित हुन् । स्मरण रहोस यी पांच कुख्यात अपराधीहरुले ज्यान मार्ने, अपहरण, फिरौती, राजधानी आस पासको क्षेत्रको बालुवा खानी कब्जा, हाउजिङ्ग, जग्गा दलाली, मानब तस्करी र  सार्वजनिक निर्माणको ठेक्का पट्टा मार्फत सम्पति जोडेका हुन् भने निर्वचनमा यी गुण्डाहरुले आफु संरक्षित नेताहरुको निर्वाचन खेत्रमा बुथ क्याप्चर, आफु संरक्षित नेताहरुको दलको सभा सम्मेलनमा उपस्थिति र जनमानसमा त्राश निर्माण गर्ने कार्य गर्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले फागुन

विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ

डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएकोमा आपत्ति जनाएको छ । सोमबार बिहान बसेको सचिवालय बैठकले प्रधानमन्त्री