उद्योग संघद्वारा विद्युत प्राधिकरणमा धर्ना

५ जेष्ठ २०७०, आईतवार १९:१० मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, ५ जेठ । नेपाल विद्युत प्राधिकरणद्वारा हाल जारी अनियमित लोडसेडिङले लो भोल्टेज र ट्रिपिङ समस्या उत्पन्न गराएको भन्दै रुपन्देही उद्योग संघले आइतबार विद्युत प्राधिकरण वितरण शाखामा धर्ना दिएको छ । संघले सार्वजनिक गरेको तीनदिने धर्ना कार्यक्रमबमोजिम आइतबार विहान १० बजेदेखि ११ बजेसम्म धर्ना दिइएको हो । संघले सोमबार  पनि बिहान १० देखि ११ बजेसम्म र मंगलबार १० बजेदेखि १२ बजेसम्म धर्ना दिने कार्यक्रम रहेको जनाएको छ ।
संघका अध्यक्ष तेजकुमार पाठकको अध्यक्षतामा गएको उद्योगीहरुको टोलीले प्राधिकरण वितरण शाखाका प्रमुख मुनिन्द्र ठाकुरलाई जानकारी पत्र समेत बुझाएको थियो । अध्यक्ष पाठकले विद्युत समस्याले गर्दा करोडौंको लगानी धरापमा पर्दै गइरहेका कारण तत्काल समाधानका लागि गम्भिर बनिदिन आग्रह गरे । कार्यालय प्रमुख मुनिन्द्र ठाकुरले हाल यस क्षेत्रमा नेपालकै विद्युत प्रशारण लाइनबाट विद्युत प्रवाह भइरहेको र केही हदसम्म समस्या समाधान भएको जानकारी गराउँदै थप समस्या समाधान गर्न माथिल्लो निकायमा तत्काल पहल गर्ने आश्वासन दिएका थिए ।
धर्ना कार्यक्रममा सम्वोधन गर्दै संघका निवर्तमान अध्यक्ष एजाज आलमले हालको विद्युत समस्या उद्योगीहरुको मात्र नभई यस क्षेत्रका सम्पूर्ण बासिन्दाहरुको समेत समस्या भएका कारण यस समस्या समाधानका लागि एकजुट हुन सबैसँग  आग्रह गरे भने संघका महाचिव गणेशप्रसाद अधिकारीले संघद्वारा तय गरिएको कार्यक्रमबारे उपस्थित उद्योगी व्यवसायी एवं आम उपभोक्ताहरुलाई जानकारी गराएका थिए ।
धर्नामा उद्योगी, व्यवसायी एवं आम उपभोक्ताहरुको ठूलो संख्यामा उपस्थिति रहेको थियो । धर्ना कार्यक्रमलाई साथ दिंदै आम उपभोक्ताहरुले बिद्युत समस्या समाधानका लागि रुपन्देही उद्योग संघले गरेको अगुवाईमा सहयोग गर्ने बताएका थिए । सोमबारको धर्ना कार्यक्रममा सहभागी हुन समेत संघले सबैलाई आग्रह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कोरोना रोकथामका लागि सरकारले काम गरिरहेको

काठमाडौं।२०७८ वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण सम्पन्न नहुँदै धरहराको उद्घाटन गरे । त्यसको एक वर्षभित्र सम्पूर्ण