संघीयता नचाहनेहरुले जनतामा भ्रम छरे : पौडेल

५ जेष्ठ २०७०, आईतवार १८:३५ मा प्रकाशित

काठमाडौं, ५ जेठ । संघीयता नै नहुने राजनीतिक दर्शन बोकेका एमाओवादी र मधेसी मोर्चाआवद्ध दलहरुले संघीयताको कृत्रिम आवरण बनाएर भ्रम छर्दै जनता ठगेको आरोप नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले लगाएका छन् । प्रेस युनियनले आइतबार सर्लाहीको कर्मैयामा आयोजना गरेको पत्रकार भेटघाटमा पौडेलले एकोहोरो रुपमा संघीयताको नारा लगाउने मधेसी मोर्चा माओवादीको प्रपन्चमा फसेर जनता झुक्याउने काममा संलग्न भएको बताए । बोल्ने क्रममा नेता पौडेलले एमालेलाई पनि बाँकी राखेनन्, उनले भने- ‘एमाले भरपपर्दो पार्टी नभएकाले निर्वाचनमा उसँग कांग्रेसको गठबन्धन हुँदैन ।’
एमाओवादी र मधेसी दलले विगतको संविधानसभामा कांग्रेसविरुद्ध फैलाएको भ्रम यतिबेला हटिसकेको जनाउँदै पौडेलले अबको निर्वाचनमा जनताले कांग्रेसलाई सबैभन्दा बढी सिट दिलाउने दाबी गरे । निर्वाचनमा प्रभाव पार्ने गरी माओवादी नेतृत्वको सरकारले गरेका नियुक्ति वदर नगरी निर्वाचन घोषणा नहुने उनले दोहोर्याए ।  माओवादी र मधेसी मोर्चा आफ्ना पालामा गरेको नियुक्ति कायम रहोस भनेर निर्वाचन मिति घोषणा गराउन हतारिएको तर्क गर्दै पौडेलले यस्तो प्रपञ्च सफल नहुने जनाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४