छोटा राजन बनेर धम्क्याउँदै फिरौती असुलीको धन्दा

५ जेष्ठ २०७०, आईतवार १८:२१ मा प्रकाशित

काठमाडौं, ५ जेठ । छोटा राजनको नाममा विदेशी नंवरहरुबाट फोन गरी अपहरण गर्ने तथा ज्यान मार्ने धम्की दिई रकम माग गर्ने कास्की चापाकोट–३ घर भई हाल धापासी–९ बसुन्धारा बस्ने ३२ बर्षीय ठाकुरप्रकाश विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौ–४ बालुवाटार बस्ने ३८ बर्षीय अनिल विश्वकर्मा गजमेरले विभिन्न विदेशी नंवरहरुबाट निजको मोबाईल नंवरमा फोन गरी अपहरण गर्ने तथा ज्यान मार्ने धम्की दिई रकम माग गर्ने गरेको भनि मौखिक उजुरी दिएको आधारमा प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोबाट खटिएको अनुसन्धान टोलीले आवश्यक अनुसन्धान प्रक्रिया पूरा गरी विश्वकर्मालाई गत शुक्रबार बसुन्धाराबाट पक्राउ गरेको थियो । विश्वकर्मालाई आइतबार सार्वजनिक गरिएको हो ।
विश्वकर्माले आप्mनो व्यावसायीक रिसईवीको कारण मलेशिया, अष्ट्रेलिया लगायतका देशमा रहेका सहयोगीहरु मार्फत फोन गर्न लगाई आफू छोटा राजन भएको र माग गरेबमोजिमको रकम नदिएमा अपहरण गर्ने तथा ज्यान समेत मार्ने भनि धम्काउने गरेको प्रारम्भीक अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ ।
अभियुक्तविश्वकर्मालाई थप कानूनी कारवाही र अनुसन्धान तथा उक्त घटनामा संलग्न अन्य अभियुक्तहरुको प्रहरीले खोजतलास गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।निर्वाचन घोषणाको सवालमा सत्तारूढ गठबन्धन संविधान र कानूनको परिपालना भन्दा पनि बढी नाफा र घाटाको जोडघटाउमा लागेको छ । कानून

दाङ। कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि दाङमा अग्रपंक्तिमा रहेर काम गर्नेहरूलाई खोप दिन थालिएको छ । स्वास्थ्यकर्मी, सपाइकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई

सुर्खेत। कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री भएको करिब चार महिनापछि आफ्नो सम्पत्ति विवरण सार्वजनिक

दाङ। कोरोना संक्रमण दर बढ्दै जाँदा नागरिक स्तरबाट भने स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा गम्भीर लापर्वाही देखिएको छ । स्वास्थ्य क्षेत्रका जानकारहरूले कोरोना संक्रमणबाट