नेपाल र भारतका सेनाको संयुक्त टोलीद्वारा सगरमाथा आरोहण

५ जेष्ठ २०७०, आईतवार ११:०५ मा प्रकाशित

काठमाडौं, ५ जेठ । नेपाल र भारतीय सेनाको संयुक्त ‘नेपाल–भारत सगरमाथा आरोहण तथा सरसफाई टोली’को एक समूहले सगरमाथाको सफल आरोहण गरेको छ । विगत एक महिनादेखि सगरमाथा वेश क्याम्प र सोभन्दा माथि सो टोलीले संयुक्त रुपमा काम गर्दै आएको थियो । आरोहण तथा सरसफाई टोलीको पहिलो समूहले आज बिहान नौ बजे सगरमाथाको सफल आरोहण गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । 
सफल आरोहीहरुमा नेपाली सेनाका तर्फबाट सेनानी समिर बस्नेत, सहसेनानी किशोर अधिकारी, गणप्रवन्ध हुद्धा ज्ञानेन्द्र लउडारी र अमल्दार धिरेन्द्र शाही रहेका छन् भने भारतीय सेनाका तर्फबाट मेजर आर एस जमवाल, सुवेदार मिङ्मार गुरुङ हवल्दार सुधिर सिंह, हवल्दार चतर सिंह र लान्स नायक सुकविर रहेका छन् ।
उक्त आरोहण तथा सरसफाई अभियानको टोलिले विगत १ महिनादेखि सगरमाथा आधार शिविर र सोभन्दा माथि रहेका ठुलो परिमाणको फोहर–मैलाहरुलाई समेत सफाई गर्ने कार्य गरिरहेका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र

प्योङयाङ।उत्तर कोरियाले फेरि अर्को मिसाईल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी सागरमा बिहीबार अर्को मिसाईल प्रहार गरेको हो ।

न्युयोर्क । अमेरिकी विद्युती गाडी कम्पनी टेस्लाका मालिक एलन मस्कको स्पेसएक्सले अन्तरिक्षमा पठाएको रकेट अनियन्त्रित भई चन्द्रमामा दुर्घटना र बिस्फोट