ब्रेनट्यूमर पीडित बच्चालाई सहयोगको आग्रह

५ जेष्ठ २०७०, आईतवार १०:४४ मा प्रकाशित

रुपन्देही, ५ जेठ । भगबानले पनि किन यसो गर्दछन होला ? दिनभरि काम गरेर बिहानबेलुकाको छाक टार्नुपर्ने अवस्थामा रहेका गरिबलाई चोटमाथि चोट किन दिन्छन् होला ? यस्तै अबस्थामा नाजुकरहेका एकपरिबारको बच्चालाई ब्रेनट्यूमर भएको छ । उपचारमा सहयोगी का हात खोज्दै उनि अहिले बिभिन्न ठाउमा हिडिरहेका छन । जेसिस किन्र्डर गार्डेन हाई स्कुल भैरहवामा कक्षा ४ मा अध्ययनरत १२ बषिर्य बिबिका परियारको ब्रेन ट्यूमर भएपछि परिवारजनले सहयोगको याचना गरेका छन् ।
आथिर्क स्तर अत्यन्त कमजोर भएकाले उपचारमा खर्च जुटाउन नसकेको भन्दै बिबिकाका बुवा विजय दर्जीले सहयोग गरिदिन अपिल गरे । उनले बुटवलमा पत्रकार सम्मेलन गर्दै अहिलेसम्म १२ लाख खर्च भएको जानकारी गराउदै थप उपचारको लागि समस्या भएकोले इच्छुकलाई आथिर्क सहयोग गरिदिन आग्रह समेत गरे । २०६८ साल मंसिरदेखि अस्पतालमा भर्ना भएकी छोरी बिबिकाको दुई पटक अप्रेसन भईसकेको र फेरी ब्रेनमा पानी जमेकाले त्यसको लागि अप्रेशन गर्न खर्च नभएको दर्जीले पत्रकारहरुसंग दुखेसो पोख्नुभयो। उपचार गर्दा भएको जाएजेथा सकियो दर्जीले भने केहि उपाय छैन कसैले सहयोग गरे छोरी बाच्थी भन्ने आश छु । भैरहवामा टेलरिङ गरेर गुजारा चलाउदै आएका दर्जीको उपचारको क्रममा साढे चार लाख ऋण लागेको सुनाए महिनैपिच्छे काण्ठमाडौं र भरतपुर धाउनुपर्छ,पहिलेको ऋण समेत तिर्ने सकेको छैन् उनले भने । छोरीको अवस्था अत्यन्त नाजुक भएकाले सहयोग गर्ने ईच्छा भएमा किष्ट बैंक भैरहवा शाखाको खाता नम्बर ०१२००१८५९ एन,एसमा रकम जम्मा गरिदिन दर्जीको अपिल रहेको छ ।
उनले उपचारका लागि भैरहवाका केहि समाजसेवि र स्कुलले दुई लाख जति सहयोग गरेपनि छोरीको उपचार निको नभएकाले समस्या परेको बताए । बिबिकाको ६ महिनासम्म बिरअस्पताल काण्ठमाडौंमा र भरतपुर स्थित क्यान्सर अस्पतालमा उपचार भईरहेको छ । यदि फेरी सफल शल्याकृर्य भएमा निकोहुने चिकित्सकले बताएकाले दर्जीले सहयोगको याचना गरेका हुन । सहयोगका हातहरुले यिबालीकाको उपचारमा केहि सहयोग होला कि ?
– चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । काठमाडौँस्थित अमेरिकी दूतावासले आफ्ना कर्मचारीलाई निवासबाहिर ननिस्कन निर्देशन दिएको छ । नेपाल सरकारले चैत १६ देखि लकडाउन घोषणापछि

विर्तामोड । मेचीनगरमा इन्टरनेट र टेलिफोनको तार चोरी गरेको आरोपमा एक किशोरसहित दुई व्यक्ति पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–७

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले दर्ता गराउनुभएको रिट निवेदनमा सर्वोच्च अदालतले

काठमाडौँ । काठमाडौँ उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिने भएको छ । सोमबार बिहान काठमाडौँ, ललितपुर र भक्तपुरका प्रशासनबिच