टमाटरको उचित मूल्य नपाउंदा कृषकहरु चिन्तित

५ जेष्ठ २०७०, आईतवार १०:३४ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही , ५ जेठ । टमाटरको उचित मूल्य नपाउँदा यहाँका कृषकहरु चिन्तित बनेका छन् । पछिल्लो समयमा जिल्लामा टमाटरको उत्पादन उल्लेख्य मात्रामा बृद्धि भएपछि यस क्षेत्रमा टमाटरको मूल्य घटेको छ ।प्रति किलो ५ रुपैया पनि विक्रि गर्न मुश्किल हुन थाले पछि कृषकहरुको खेतवारीमै टमाटर कुहिन थालेको छ ।
जिल्लाको तरकारी उत्पादनको पकेट क्षेत्र मानिने धनकौली, निग्लिहवा, तिलौराकोट लगायतका गाविसका कृषकहरुले व्यवसायिक रुपमा टमाटर खेती गर्दै आएका छन् । सवै वस्तुको मूल्य बढ्दै गए पनि तरकारीको मुल्य नबढेको भन्दै तरकारी खेतीबाट आफुहरु निराश वन्दै गएको बताएका छन। धनकौली गाविसमा मात्रै करीब २० हेक्टर क्षेत्रफलमा टमाटर लगाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारको स्वामित्वमा सञ्चालित हेटौडा दुग्ध वितरण आयोजनाद्वारा उत्पादित घ्यू जापानमा निर्यात हुन थालेपछि माग समेत बढेको छ । आयोजनाका प्रमुख

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकका अनुसार

काठमाडौं । आफूलाई घरखर्च चलाउन वा कुनै व्यावसायिक काम गर्नका लागि तपाईंले बैंक तथा वित्तीय संस्थामा धाएर नै जानुपर्ने बाध्यताको

काठमाडौं । कोरोना महामारीको प्रभाव कम हुँदै जाँदा विदेशी वस्तुको आयातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार