राजधानी काठमाडौँको विभिन्न भागमा बम राख्ने पक्राउ

२३ चैत्र २०६८, बिहीबार २१:२९ मा प्रकाशित

काठमाडौ, २३ चैत्र । राजधानी काठमाडौँको विभिन्न भागमा बम राखेर सर्वसाधरणको जनाजीवनलाई आतंकित पार्ने संकास्पद तीन जनालाइ बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार राजधानी काठमाडौँको विभिन्न भागमा बम राखेर सर्वसाधरणको जनाजीवनलाई आतंकित पार्ने संकास्पद व्यक्तिहरुमा नुवाकोट बालकुमारी ७ का कमल खतिवडा, नुवाकोट हल्दे ८ का २९ बर्षीय रजमान तामाङ, नुवावाकोट राउतबेशी ६ का ३० बर्षीय चुडाबहादुर मोक्तान रहेका छन ।

उनीहरुले बुधबार पिपुल्स वार ग्रुपको नामममा उपत्यकाको चार ठाउँमा बम राखेका थिए । पक्राउ पर्नेमा खतिवडा महामन्त्री, तामाङ उपत्यका इन्चार्ज, मोक्तान सदस्य रहेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट तीन थान मोवाइल, पाँच वटा सिमकार्ड, बम बनाउन प्रयोग हुने सकेट एक थान, बम राख्न प्रयोग गरिएको मोटरसाइकल एउटा बरामद गरेको प्रहरीले जनाएको छ ।

उनीहरुले बा १ ख ७१२८ राखेको बम चावहिल, बा १ ख ५१६८ तिलिङगेटार, बा १ ख ८४१० गोकणमा, बा १ ख ४१२६ खानीखोला र बा २ ख १०१९ नम्बरको सवारीमा राखेको बम त्रिशुलीमा निस्कृय गरेको थियो । उनीहरुले काठमाण्डौं मलको तेस्रो तल्ला, लिटल एन्जल्स स्कुल हात्तिवन गेट अगाडी, ओम नसिङर्ग होमको डस्टविन र दरबारमार्गको केएफसी अगाडि फोहोर फाल्ने ठाउमा बम राखेको हल्ला गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली काँग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले सिट संख्या बढाउन गठबन्धन आवश्यक भएको निष्कर्ष निकालेको छ ।

फर्डिनान्ड रोमुआल्डेज मार्कोस जुनियरले बिहीबार मनिला शहरमा हजारौं मानिसहरूका बीच फिलिपिन्सको १७ औं राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन्। मार्कोस

एजेन्सी । दोस्रो विश्वयुद्धमा जापानी फौजलाई आच्छुआच्छु पारेर राष्ट्रपतिबाट सर्वोच्च पदक पाएका हर्शेल डब्ल्यू विलियम्सको ९८ वर्षको उमेरमा मृत्यु भएको

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई कोरोनाभाइरस संक्रमण भएको छ । कोरोनाभाइरस संक्रमण भएपछि आरजु केही दिनयता