बालिका बलात्कार गर्न खोज्ने फोरम नेता फरार

५ जेष्ठ २०७०, आईतवार १०:२२ मा प्रकाशित

रासस, पानीट्याङ्की (मोरङ), ५ जेठ । स्थानीय एघार वर्षीया बालिकालाई बलात्कार गर्न खोजेको उजुरी परेपछि मधेसी जनअधिकार फोरम नेपालका एक स्थानीय नेता पक्राउ पर्ने डरले फरार भएका छन् । फोरम लोकतान्त्रिक पार्टीका रङ्गेली गाउँ कमिटी अध्यक्ष रहेका रङ्गेली– ९ बस्ने ४० वर्षीय राजेश शाहले गाउँमा बिहेबाट फर्कदै गरेकी स्थानीय बालिकालाई गत वैशाख २८ गते राति १० बजे बलात्कार गर्न खोजेको इलाका प्रहरी कार्यालय रङ्गेलीमा उजुरी परेको छ । बिहीबार ढिलो गरी प्राप्त उजुरीमाथिको छानबिनमा अध्यक्ष शाहले बलात्कारको प्रयास गरेको बुझिएपछि पक्राउ गर्न जाँदा शाह फरार भएको पाइएको इप्रका रङ्गेलीका निरीक्षक माधव काफ्लेले जानकारी गराउनुभयो ।

उहाँले पीडित बालिकालाई स्वास्थ्य परीक्षणका लागि पठाइएको र शाहविरुद्ध जबर्जस्ती करणीको आरोपमा मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको बताउनुभयो । यसैगरी आºनै छोरीलाई करणी गरेर फरार रहेका अभियुक्त चेतनारायण श्रेष्ठलाई बिहीबार मोरङको इलाका प्रहरी कार्यालय उर्लाबारीले पक्राउ गरेको छ । मोरङ पथरी–१ बस्दै आएका श्रेष्ठ २०६४ पुसमा आफ्नै छोरीलाई करणी गरेपछि फरार भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

यातायात व्यवस्था विभागले जेठ ४ गतेबाट लागू हुने गरी सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। विभागले मङ्गलबार सूचना जारी गर्दै

नेपालमा ४७ लाख मानिसमा उच्च रक्तचापको समस्या रहेको अनुमान छ । विश्व उच्च रक्तचाप दिवसका अवसरमा स्वास्थ्य सेवा विभागले यहाँ

बलेवा । बागलुङको बडिगाड गाउँपालिका–१ का ५३० घरमा एउटै आयोजनाको भर परेर पानी खानुपर्छ । त्यो पनि १२ किमी परको

स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि देशभरका ७५३ पालिकाका सबै मतदान केन्द्रमा मतदान सामग्री पुगेको छ । निर्वाचन कार्यक्रमबमोजिम