आम्दानी अमेरिका लगेको आरोप लगाउँदै माओवादीद्वारा स्कूल कब्जा

५ जेष्ठ २०७०, आईतवार ०८:५५ मा प्रकाशित

रासस, काठमाडौं, ५ जेठ । अमेरिकी छात्रवृत्तिमा पढिरहेका करिव डेढ सय विद्यार्थीसहित ६ सयभन्दा बढी छात्रछात्रा अध्ययन गरिरहेको स्कूलको आम्दानी रकम अमेरिका लगेको भन्दै नेकपा—माओवादीले शंखुवासभा जिल्लाको सदरमुकाम खाँदबारीमा रहेको सूर्य बोर्डिङ कब्जा गरेको छ। कक्षा नर्सरीदेखि कक्षा १० सम्म पढाई हुँदै आएको सो विधालय (बोर्डिङ) माआवादीले कब्जा गरेपछि विद्यार्थीको पठनपाठनमा असर पर्नुका साथै भविष्य नै अन्यौलमा परेको छ।
नेकपा—माआवादीले शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै झन्डै ३० वर्ष अगाडि स्थापना भएको सूर्य बोर्डिङको करिब रु १० करोडभन्दा बढिको भौतिक संरचना र जग्गा जमिन कब्जा गरेको जनाएको छ । विद्यालय सञ्चालक नारायण श्रेष्ठले स्कुलको सम्पूर्ण आम्दानी अमेरिका भित्रयाएको, शिक्षकहरुमाथि श्रमशोषण गरेको, विद्यार्थीबाट अत्यधिक शुल्क असुलेको जस्ता आरोप विज्ञप्तिमा लगाइएको छ ।
विद्यालय माओवादीले कब्जा गरेपछि स्थानीयवासी र विद्यार्थीमा त्रास फैलिएको छ। विद्यालयमा रहेका ६ सय विद्यार्थीमध्ये अमेरिकाको छात्रवृत्तिबाट विद्यालयमा १ सय ४१ जना विद्यार्थी पढ्दै आएका थिए । त्रसित विद्यार्थी र अभिभावकलाई कब्जा गरिएको बोर्डिङ कब्जा मुक्त बनाउन पहल थालिने प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले आश्वासन दिएका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

देशभर पछिल्लो २४ घण्टामा थप चार हजार ९६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्या शनिबार देखिएको नयाँ

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आगामी १६ माघमा बोलाइएको छ । यसअघि ३ माघमा बस्ने गरी बोलाइएको बैठक कोभिड

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले भर्खरै सम्पन्न नेपाली कांग्रेसको १४औँ महाधिवेशनपछि पार्टीमा कुनै असहजता नरहेको बताउनुभएको

म्याग्दीका सरकारी कार्यालयबाट सेवा लिन र होटलमा बस्न कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य देखाउनुपर्ने भएको छ । जिल्ला कोभिड–१९ सङ्कट