लोकमानको बिरोध निर्वाचन भाँड्ने काम : महरा

४ जेष्ठ २०७०, शनिबार २१:५८ मा प्रकाशित

उदयपुर, ४ जेठ । चार दलबीच थ्रेस होल्ड, संविधानसभा सदस्य संख्या, निर्वाचन क्षेत्रलगायतका मुद्दामा अझै कसुरा मिल्न नसकेका कारण निर्वाचनको मिति तोक्ने कार्यमा ढिलाई भइरहेको छ । दलहरुबीच अझै कुरा मिल्ने भरपर्दो संकेत देखिएको छैन । तर, एकीकृत माओवादीका नेता कृष्णबहादुर महराले एक हप्ताभित्रै संविधानसभा निर्वाचनको मिति घोषणा हुने दाबी गरेका छन्। 
क्रान्तिकारी पत्रकार सङ्घ उदयपुरद्वारा आयोजित पत्रकार सम्मेलनमा उहाँले ठूला चारदल र वर्तमान सरकारबीच निर्वाचनको विषयमा छलफल भइसकेकाले आगामी हप्ताभित्रै निर्वाचनको मिति घोषणा हुने बताए। महराले नेकपा–माओवादी बाहेक अन्य ११ दलले पनि निर्वाचनमा भाग लिन तयारी गरिहेकाले निर्वाचन भएरै छाड्ने दाबी गरे।
लोकमान सिंह कार्कीको मुद्दा उठाएर हंगामा गर्नेहरुलाई निर्वाचन भँडुवाको संज्ञा दिँदै महराले हिजो राजाको शासनकालमा भएका सेना, प्रहरी तथा नेताहरुसमेत बढुवा भएर राज्यको विभिन्न अङ्गमा काम गरिहेका छन् भने लोकमानको मात्र कुरा उठाएर अवैधानिक भन्नु उपयुक्त नभएको तर्क गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोभिड–१९ बाट विदेशमा यस साता थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक

काठमाडौं । नेकपा संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर पुष्पकमल दाहाललाई चयन गरिएको पत्र संसद सचिवालयले दर्ता गर्न अस्वीकार गरेको

काठमाडौँ । सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी(नेकपा) राख्ने निर्वाचन

प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड–१९ विरुद्धको खोप लगाउनुभएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बिहान पुगेर प्रधानमन्त्री ओलीले धर्मपत्नी