अब ग्यास पसलमा ग्यास मात्र

४ जेष्ठ २०७०, शनिबार २१:३६ मा प्रकाशित

रासस, काठमाडौं, ४ जेठ । सरकारले ग्यास बिक्रेताले ग्यास बाहेकका अन्य दैनिक उपभोग्य सामाग्री बेच्न नपाउने नयाँ व्यवस्था गरेको छ । आगामी असार १ गतेदेखि लागू हुने गरी सरकारले चामल, दालजस्ता सामाग्री बेच्ने पसललाई ग्यास बिक्रीको अनुमति नदिने भएको छ ।
ग्यास, रेगुलेटर, चुल्हो, रेगुलेटर पाइप, तिनको मर्मतसम्भारलगायत कार्य गर्न ग्यास बिक्रेतालाई सुविधा दिइएको तर अन्य वस्तुको कारोबारमा रोक लगाइएको वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव लालमणि जोशीले बताए ।
“असार १ गतेदेखि दुई रङका सिलिन्डरको प्रयोगसँगै ग्यास र त्यससम्बन्धी वस्तुको कारोबार एउटै पसलबाट मात्र हुनेछ” – पानदेखि पानी पसलेले समेतले ग्यासको कारोबार गर्दै आएकाले एकै स्थानबाट मात्र बेचविखन गर्न तथा ग्यास आपूर्ति प्रणालीलाई व्यवस्थित गर्न त्यस्तो निर्णय गरिएको जानकारी दिँदै सचिव जोशीले भने । हाल नेपालभर १३ लाख ग्यास सिलिन्डर प्रयोगमा रहेका बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

खलङ्गा । जुम्ली मार्सी चामल र जैविक सिमीलगायत कृषिवस्तुका माग अन्तररष्ट्रिय बजारमा बढ्न थालेको छ । जिल्लाबाट पहिलोपटक रु छ

रुकुम (पूर्व) का कृषक ओखर खेतीतर्फ आकर्षित भएका छन् । प्रशस्त मात्रामा हाडे ओखर पाइने यस जिल्लाका कृषक पछिल्लो समय

वर्षौँदेखि कालीगण्डकी नदीको अवैधरूपमा दोहन हुँदै आएको छ । देश सङ्घीयतामा गइसकेपछि गण्डकी प्रदेश सरकारले नदीजन्य पदार्थको उत्खनन तथा निकासी

काठमाडौं । समृद्धिको यात्रामा अघि बढेको मुलुकमा पछिल्लो दुई वर्षमा आर्थिक अपराधका ठूलाठूला घटनाको पर्दाफास भएको छ । राजश्व छलीमा