सम्झनाले ट्राफिक प्रहरीमाथि हातपात गर्दा…

४ जेष्ठ २०७०, शनिबार २१:३३ मा प्रकाशित

काठमाडौं, ४ जेठ । पुतली सडकको व्यस्त सडकमा शनिबार बिहान उनी स्कूटीमा आफूसहित तीनजना ठाँटले सवार भएकी थिइन् । तीनजना बसेको देखेपछिट्राफिक प्रहरीले रोकेर सोधपुछ गर्नु स्वाभाविक नै थियो । यतिसम्म त ठिकै थियो, तर घटना तब उत्कर्षतर्फ मोडियो जब ड्राइभिङ लाइसेन्स माग्ने ट्राफिक प्रहरीको बर्दी नै च्यात्दै उनी हातपातमा उत्रिइन् । उनी थिइन् काठमाडौं महानगरपालिका–२५ मखनटोल बस्ने ३६ बर्षीया सम्झना बस्नेत । आफै नियमविपरित स्कुटरमा सवार भएकी उनले प्रहरी पिटेर सडकमा तमासा नै मच्चाइन् । बस्नेतलाई प्रहरीले पक्राउ गरी आवश्यक कानूनी कारबाही अघिबढाएको छ ।
घटनाअनुसार बिहान सवा आठ बजे बा. ३४ प ३५५४ नम्वरको स्कुटीमा ३ जना बसी आएपछि पुतलीसडक चोकमा खटिएका ट्राफिक प्रहरीले स्कुटी रोकी कागजपत्र माग्दा निजले ट्राफिक प्रहरी जवान गोविन्द राना र विकास गिरीलाई गाली गलौज गर्नुको साथै युनिफर्म समेत च्यातीदिएकी थिइन् । ट्राफिक प्रहरीले निजको स्कुटी नियन्त्रणमा लिने क्रममा ट्राफिक प्रहरी जवान विकाश गिरीलाई निजले हेलमेटले टाउकोमा प्रहार गर्दा हेल्मेट छेक्ने क्रममा निज बस्नेतको मुखमा चोट लागेको थियो । उक्त घटनाको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग सिंहदरबारको बा.१ झ ५७५ नम्वरको मोवाइल भ्यान उक्त स्थानमा पुग्दा सम्झनाका श्रीमान बिष्णुमान श्रेष्ठ समेतका ४÷५ जनाको समुहले सवारी आगमनमा अवरोध पु¥याई प्रहरी भ्यानको साँचो खोसेकोले श्रेष्ठसहित ३ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिई सम्झाईबुझाई गरी छाड्नु परेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कोरोना रोकथामका लागि सरकारले काम गरिरहेको

काठमाडौं।२०७८ वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण सम्पन्न नहुँदै धरहराको उद्घाटन गरे । त्यसको एक वर्षभित्र सम्पूर्ण