गैर आवाशीय नेपालीहरुको क्षेत्रीय सम्मेलन मनिलामा सुरु, हेगमा बुद्ध मूर्ति स्थापना गरिने

४ जेष्ठ २०७०, शनिबार १९:२० मा प्रकाशित

मनिला, फिलिपिन्स, ४ जेठ । रेमिटेन्सलाई बहु उपयोगी बनाउने एजेन्डा सहित गैर आवासीय नेपाली संघ एनआरएनको एसिया प्रसान्त क्षेत्रीय सम्मेलन शनिबार फिलिपिन्सको राजधानी मनिलामा सुरु भएको छ । मनिलामा जारी एसिया प्यासिफिक क्षेत्रीय सम्मेलनमा बैदेशिक रोजगारीलाई सुरक्षित बनाउने जस्ता बिषयले समेत प्रवेश पाएका छन् । फिलिपिन्सको राजधानी मनिलामा जारी एसिया प्रसान्त क्षेत्रीय सम्मेलनमा एसिया प्यासिफिकका १२ देशबाट एक सय भन्दा बढि प्रतिनिधिहरुको सहभागीता रहेको छ । मनिलामा जारी  एसिया प्रसान्त क्षेत्रीय सम्मेलनले नेदरल्याण्डको हेगमा रहेको अन्तर्राष्ट्रिय युद्ध अपराधसम्बन्धी अदालत परिसरमा बुद्ध मूर्ति स्थापना गर्ने घोषणा समेत गरेको छ । सम्मेलनमा दिएको जानकारी अनुसार परराष्ट्र मन्त्रालयसँगको समन्वयमा एनआरएनले एक महिनाभित्रै हेगमा बुद्ध मूर्ति स्थापना गरिनेछ । अध्यक्ष लामिछानेका अनुसार एक महिनापछि स्वीटजरल्याण्डको जेनेभामा आयोजना हुने एनआरएनको युरोप क्षेत्रस्तरीय सम्मेलनका अबसरमा बुद्धको मूर्ति स्थापना गरिनेछ । बुद्धको जन्मभूमिका बिषयलाई लिएर अन्तराष्टिय क्षेत्रमै बिबाद भइरहेका बेला बुद्ध नेपालको लुम्बिनीमै जन्मिएका हुन भन्ने सन्देश दिन यस्तो अभियान थालिएको लामिछानेले जानकारी दिनुभयो । लामिछानेका अनुसार सुनको जलप लगाइएको दुई फिट अग्लो मूर्ति टायर भैसकेको र परराष्ट्र मन्त्रालयमार्फत् स्थापना गर्ने तयारी भइरहेको छ । यसमा लाग्ने खर्च र पहल सवै एनआरएनले गरेको हो । मनिलामा जारी  एसिया प्यासिफिक क्षेत्रीय सम्मेलनमा गैरआवासीय नेपाली संघको दर्ता, गैरआवासीय नेपालीलाई सरकारले दिएको परिचयपत्र, एनआरएको बिधान संसोधन, एसिया प्यासिफिक क्षेत्रमा एनआरएनले भोग्नुपरेका समस्या, एनआरएनको मताधिकार लगायतका बिषयमा छलफल भएको छ । एसिया प्यासिफिक क्षेत्रीय सम्मेलनको उद्घाटन सत्रमा फिलिपिन्सका पूर्व श्रम मन्त्री मारियानितो रोसेले बैदेशिक रोजगारमा रहेका फिलिपिनोलाई यस्तै संस्था स्थापना गर्ने प्रेरणा मिलेको अनुभव सुनाउनु भएको थियो । उहाँले बिदेश बस्ने फिलिपिनोहरुको छाता संस्था नभएको समेत जानकारी दिनु भयो । फिलिपिन र नेपाली राष्ट्रिय गीतबाट शुरु भएको कार्यक्रममा एनआरएनए फिलिपिन्समा आवद्ध नेपाली विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए । सम्मेलन मनिला घोषणापत्र जारी गर्दै आइतवार सम्पन्न हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४