उर्मिला र रेखा एमाओवादीमा प्रवेश

४ जेष्ठ २०७०, शनिबार १२:५८ मा प्रकाशित

काठमाडौं, ४ जेठ । एमाले नेतृ उर्मिला अर्याल विधिवत रुपमा एमाओवादी पार्टीमा प्रवेश गरेकी छिन् । एककिृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले शनिबार पार्टी केन्द्रिय कार्यालयमा आयोजित पार्टी प्रवेश तथा स्वागत कार्यक्रममा अर्याललाई टिका र माला लगाएर स्वागत गरे । एमालेकी पोलिट्ब्युरो सदस्यसमेत रहेकी अर्यालसँगै चलचित्र अभिनेत्री र रेखा थापालाई पनि प्रचण्डले टिका लगाएर पार्टीमा भित्र्याए ।
अर्याल अखिल नेपाल महिला संघको बुटवल महाधिवेशदेखि नै पार्टीनेतृत्वप्रति असन्तुष्ट रहँदै आएकी थिएन् । आफूलाई अध्यक्ष बनाउनु पर्नेमा विद्या भण्डारीलाई सो जिम्मेवारी सुम्पिएको भन्दै उनले सार्वजनिक रुपमा गुनासो गर्ने गरेकी थिइन् । झलनाथ खनालको प्रधानमन्त्रीत्वकालमा उनलाई स्थानीय विकास मन्त्री बनाइएको थियो भने पार्टीमा पोलिटव्यूरो सदस्यको हैसियत दिइएको थियो । उनी सुरुमा नेकपा मसालबाट राजनीतिमा प्रवेश गरेकी हुन् । मसालबाट एमालेहुँदै माओवादी प्रवेश गरेकी अर्यालको राजनीतिक भविष्यबारे अनेक अडकल लगाउन थालिएको छ ।
यसैगरी अभिनेत्री र्ेखा थापा पनि संविधानसभाको निर्वाचनपछि एमाओवादीसँग नजिक बन्दै गएकी थिइन् । प्रचण्डसँग सार्वजनिक कार्यक्रममा नाचेपछि उनको एमाओवादी प्रवेशको चर्चा चल्दै आएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा