यौन दुव्र्यवहार गरेको भन्दै १३ छात्राद्वारा शिक्षकमाथि उजुरी

४ जेष्ठ २०७०, शनिबार ०९:३८ मा प्रकाशित

काठमाडौं, ४ जेठ । भक्तपुर बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयका कम्प्युटर शिक्षक श्याम कायस्थले आफ्ना विद्यार्थी छात्राहरुमाथि यौन दुव्र्यवहार गर्ने गरेको प्रहरीमा उजुरी परेको छ । सो विद्यालयमा अध्ययनरत १३ जना छात्राको उजुरीका आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरले यौन दुव्र्यवहार गर्ने अभियोग लागेका शिक्षक श्याम कायस्थलाई नियन्त्रणमा लिई सार्वजनकि अपराधअन्तर्गत मुद्धा चलाएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
बताइएअनुसार भक्तपुर बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयका कम्प्युटर शिक्षक कायस्थले यौन दुर्व्यवहार गरेको भन्दै १० कक्षामा पढ्ने १३ छात्राले शुक्रबार विद्यालय पोशाकमै महानगरीय प्रहरी परिसर भक्तपुर पुगी कारबाहीको माग गर्दै उजुरी दिएका थिए। कायस्थले आफूहरुलाई एक्लाएक्लै बालकोट चोकस्थित आफ्नै कम्प्युटर सेन्टरमा बोलाएर अंगालो मार्ने, चुम्ने, संवेदनसिल अंगमा छुने र चलाउने गरेको उनीहरुको उजुरीमा उल्लेख गरिएको छ । आफूले भनेको नमाने एसएलसीमा फेल गरिदिने भन्दै धम्क्याउने गरेको  आरोपसमेत उनीहरुले लगाएका छन् ।
विद्यार्थीले दिएको उजुरी र बयानको आधारमा प्रहरीले कायष्थलाई सार्वजनिक अपराध ऐनअन्तर्गतको मुद्धा दर्ता गरेको छ भने अरोपीत कायस्थले विद्यार्थीलाई कडाई गर्दा आफूमाथि झुटो आरोप लगाएको भन्दै प्रतिवाद गरेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

खलङ्गा । जुम्ली मार्सी चामल र जैविक सिमीलगायत कृषिवस्तुका माग अन्तररष्ट्रिय बजारमा बढ्न थालेको छ । जिल्लाबाट पहिलोपटक रु छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द ‘विप्लव’ले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका छन् । शुक्रबार दिउँसो

जापानी अर्बपति युसाकु मेजावाले चन्द्रमा भ्रमण गर्नका लागि आठ जना सर्वसाधारणको खोजी गरिरहेका छन् । मेजावाले आफ्नो ट्वीटर अकाउन्ट मार्फत

काठमाडौं । नेपाल कम्युनिष्ट विप्लव समूहका नेता, कार्यकर्ता पक्राउ नगर्न सरकारले प्रहरीलाई निर्देशन दिएको छ । विप्लव समूहसँग वार्ता सुरु