ब्राह्मणले शक्ति देखाउने

४ जेष्ठ २०७०, शनिबार ०८:११ मा प्रकाशित

काठमाडौं, ४ जेठ । ०६२/६३ को ऐतिहासिक जनान्दोलनपश्चात् दोस्रो दर्जाका नागरिकसरह राज्यले बनाएको भन्दै आन्दोलन गरिरहेका ब्राह्मणले आज शनिबार रत्नपार्कबाट शान्तिर्‍याली निकाल्ने भएका छन् । ब्राह्मण समाज काठमाडौं ३२ वडाका उपाध्यक्ष एवम् अधिकारकर्मी धर्म पौडेलका अनुसार रत्नपार्कबाट बिहान दश बजे विशाल शान्तिर्‍याली निकाली काठमाडौं जिल्ला अधिवेशन गर्ने कार्यक्रम रहेको छ ।
०६२/६३ को जनान्दोलनपश्चात् नेपाली समाजमा विद्यमान जातीय, सामाजिक एवम् धार्मिक सहिष्णुता र सद्भावमाथि नियोजित तरिकाले प्रहार हुनुका साथै विविध जातिको समीकरण, आ–आफ्नै संस्कार र संस्कृतिबाट गोलबद्ध नेपाली समाजलाई छिन्नभिन्न पार्ने काम गरिएकाले जातीय सद्भाव र ब्राह्मण अधिकारका लागि बाध्य भएर सडकमा आउनुपरेको पौडेलले बताए । प्राचीन पुराण इतिहासको आधार लिएर भन्नुपर्दा महाभारतभित्र पर्ने यस भूगोल क्षेत्रमा प्राग ऐतिहासिक इतिहास देखिनुअघि नै ब्राह्मणको बसोबास रहेको इतिहासलाई बङ्ग्याएर यहाँका राजनीतिक पार्टीले ब्राह्मण जातिलाई अन्यमा राखेका कारण पनि बाध्य भएर आन्दोलन गर्नुपरेको समाजले जनाएको छ ।
शनिबार गर्ने काठमाडौं जिल्ला अधिवेशन र विशाल शान्तिर्‍यालीबारे जानकारी दिन वितरण गरिएको विज्ञप्तिअनुसार ०६३ यता प्रमुख दल सम्मिलित सरकारद्वारा जातीय आधारको विभेदकारी नीति कार्यान्वयन गरियो । दुर्भाग्य माक्र्सवाद र लेनिनवाद अङ्गालेका दलहरू सम्मिलित कम्युनिस्ट सरकारले पनि वर्गीयताको सिद्धान्त त्याग गरी जातका आधारमा विभेदकारी नीति अवलम्बन गरेको विज्ञप्तिमा उल्लेख छ । ऋषिहरूको तपोभूमि (ध्यान केन्द्र) का रूपमा स्थापित यस भूमिमा विभिन्न ऋषि ब्राह्मणसँग जोडिएका ब्राह्मण कुलका सन्तान ब्राह्मण हजारौँ वर्षदेखि बसोबास गर्दै आएको इतिहासले पुष्टि गरेको विज्ञप्तिमा जनाइएको छ । यसरी हजारौँ वर्षदेखि बस्दै आएका धर्तीपुत्र ब्राह्मणलाई राज्यले आदिवासीको सूचीमा नराखी अन्यमा राखेकाले बाध्य भएर ०६६ साल असोज २२ गते ब्राह्मण समाज गठन गरी संस्थागत आन्दोलनको थालनी गरिएको उल्लेख छ ।
मुलुकमा जातीय, धार्मिक एवम् सामाजिक सहिष्णुता कायम राख्न सनातन धर्म र संस्कृतिको रक्षा गर्न, देशलाई जातीय आधारको सङ्घीयतामार्फत आउन सक्ने सम्भाव्य द्वन्द्वबाट बचाई राष्ट्रिय अखण्डता कायम गराउने पवित्र मन्त्र बोकेर सङ्घर्षमा लागेको ब्राह्मण समाजको शान्तर्‍यालीमा सहभागी हुन समाजले सबै जाति र भाषीलाई आग्रह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वास प्रस्तावबाट आफूलाई हटाएर देखाउन चुनौती दिएका छन् । उनले प्रतिनिधि सभा विघटन गर्ने

काठमाडौ । नेपालमा आइतबार थप ७८ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख

काठमाडौ । न्यायाधीशकी श्रीमती ब्राउन सुगरसहित पक्राउ परेकी छिन् । उच्च अदालत सुर्खेतका न्यायाधीश मदन पोखरेलको श्रीमती तुलसीपुर उपमहानगरपालिका–५ निवासी

३९औं मगर स्थापना दिवसको अवसरमा मगर संघ बागलुङ नगर समितिले बागलुङ बजारमा निकालेको -यालीमा सहभागीहरु । तस्वीर: खेमराज गौतम