एमाले पहिलो दल बन्ने खनालको दाबी

३ जेष्ठ २०७०, शुक्रबार २२:२८ मा प्रकाशित

काठमाडौं, ३ जेठ । पार्टीको केन्द्रीय तहका प्रभावशाली नेताहरु पलायन हुँदै धमाधम एमाओवादीमा प्रवेश गरिरहेका बेला नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले आगामी निर्वाचनले आफ्नो पार्टीलाई देशको एक नंबर दलका रुपमा स्थापित गर्ने दाबी गरेका छन् । आगामी निर्वाचनमा पहिलो शक्तिका रुपमा स्थापित हुँदै एमालेले संविधान निर्माण, शान्ति र समृद्धिका कामलाई निष्कर्षमा पुर्‍याउने खनालले बताए ।
विगत संविधानसभाको निर्वाचनमा एमाओवादी पहिलो पार्टी बन्न नसक्नु देशका लागि दुर्भाग्य भएको भनी विष्मात गर्दै बीसौँ मदन–आश्रित स्मृति दिवसका अवसरमा पार्टी मुख्यालय मदन नगर बल्खुमा आयोजित कार्यक्रममा उनले नेपाली कम्युनिष्ट आन्दोलनमा मदन भण्डारीले पुर्‍याएको योगदानको चर्चा गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १० हजार २५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा