जनस्वास्थ्य प्रमुखमाथि बदनियतवश बलात्कारको आरोप ! पीडित भनिएकी महिलाकै दुर्नियत रहेको दाबी

३ जेष्ठ २०७०, शुक्रबार २२:०१ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, ३ जेठ । रुपन्देहीका जनस्वास्थ्य प्रमुखले आफ्नै कार्यालयका कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको भन्दै जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीमा कार्यरत महिला कर्मचारीले लगाएको आरोप झुटो र निराधार देखिएको छ । राष्ट्रिय महिला आयोग, जिल्ला प्रशासन कार्यालय, महिलासम्बन्धी विभिन्न संघसस्था लगायत अनुसन्धानमा खटेका अधिकारीहरुले एक साता लामो अध्ययनपछि उक्त आरोप निराधार भएको निष्कर्ष निकालेका हुन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख महेश्वरप्रसाद श्रेष्ठमाथि कार्यालयकी एक अधिकृत स्तरकी महिला कर्मचारी मोहनतारा पछाई  कर्मचारीले यौन दुव्र्यवहार गरेको आरोप लगाउँदै करिब तीन दर्जन संघसंस्थामा उजुरी दिएकी थिइन् । जसमा राष्ट्रिय महिला आयोगले प्रेस विज्ञप्ती नै निकालेर चरित्र हत्या गर्ने उद्देश्यले मात्र महिलाले दुव्र्यवहारको नाटक गरेको बताएको छ ।
आरोप पुष्टि गर्ने आधार, दुवैको चरित्र र व्यवहारबारे सुक्ष्म अध्ययन ग¥यौं, अनुसन्धानमा संलग्न राष्ट्रिय महिला आयोगकी सदस्य धनेश्वरी चौधरीले भनिन्, तर कतैबाट पनि उनी कार्यालय प्रमुखबाट कुन प्रकारको यौन हिंसा या दुव्र्यवहारमा परेको भेटिएन ।” उनले अध्ययन गर्दै जाँदा ती महिलाले यसअघि अन्य कार्यालय प्रमुखलाई पनि आफू अनुकुलको काम गर्न नमाने जवरजस्ती करणी गर्न खोजेको भन्दै उजुरी दिने भन्दै धम्क्याउने गरेको भेटिएको बताइन् ।
लुम्बिनी अञ्चल अस्पतालमा रहँदा पटक पटक त्यहाँका चिकित्सक तथा प्रमुखसंग यही विषयमा बार्गिेनङ गरिरहेको उनीहरुले बयान दिएका छन् । सरुवा भएर पनि काज लिंदै घरपायकमा बसेकी ती महिला कर्मचारी र आर्थिक मामिलामा कमजोर कार्यालय प्रमुख श्रेष्ठबीच शक्ति सन्तुलन र जिम्मेबारी बाँडफाँटका बारेमा झगडा हुने गरेको थियो ।
त्यसलाई इगो बनाएर महिला कर्मचारीले पटकपटक सार्वजनिक कार्यक्रम र गोष्ठीमा समेत अवरोध पु¥याएकी थिइन् । रुपन्देही  जिल्ला जनस्वास्थ्य प्रमुख महेश्वर श्रेष्ठले भने । उनको कुनै पनि विरोधका काममा अन्य कर्मचारीले सहयोग नगरेको कारण उनले अन्तिम अस्त्रस्वरुप यौनहिंसाको बहाना बनाएकी थिइन् । आरोप पुष्टि गर्ने आधार नभेटेको बताउँदै आसय करणीको उजुरी लिएको जिल्ला प्रशाशन कार्यालय रुपन्देही पनि उजुरी अगाडि बढाउने प्रक्रियाबाट पछिसरेको छ । प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले महिलाको उजुरी अनुसार सत्यतथ्य पत्ता लगाउन प्रहरी र सरकारी वकिललाई जिम्मा दिएको र अहिलेसम्म केही नपाएको बताउनु भयो । महिलाको आरोप पुष्टि हुने आधार नभेटिएकाले उनको उजुरी अदालतमा लैजाने र आरोपितलाई कारबाही प्रक्रिया थाल्ने काम नगरेको उनले जनाए । कसैले कसैलाई आरोप लगाउँदैमा त्यसमाथि कारवाही प्रकृया थाल्न सकिएन, उनले भने, अध्ययनले आरोप पुष्टि हुने आधार भेटाउनु पर्छ । महिलाले कार्यालय प्रमुखबाटआफू यौन दुव्र्यवहारमा परेको भन्दै संघसस्थामा उजुरी दिएलगत्त ैजिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीमा कार्यरत महिला कर्मचारीहरुले आप्mनो व्यक्तिगत स्वार्थ पूरा गराउन ती महिला कर्मचारीले यौनको हिंसाकोनाटक रचेको र सत्यता नभएको भन्दै पत्रकार सम्मेलन गरेर आपत्ति जनाएका थिए । कार्यालयमा नियमीत बैठक हुनेर साह्रो गाह्रो साटासाट हुने कुनै समयमा यस्ता कुरा ननिस्केको बताउँदै उनीहरुले कार्यालय  प्रमुखको बदनाम गराउन मात्र ती महिलाले हिंसाको नाटक गरेकोदावी गरेका थिए ।
जिल्ला जनस्वास्थ्य कार्यलय रुपन्देहीमा कार्यरत स्टार्फ नर्स माधुरी ज्ञवालीले भनिन् ‘उनलाई समस्या परेको भए कुनै न कुनै स्टाफ मिटिङमा कुरा निकाल्थिन्, हामीसंग कुरा राख्थिन्, यसरी एक्कासी प्रशासनसमक्ष जाँदैनथिन् ।’ ‘गलत कार्य नगरेकोले  आयोगले  सत्यतथ्य खोजेर  यथार्थ जानकारी गराएको छ  । यो  यर्थाथकुरा हो’ नेपाल  स्वास्थ्य कर्मीसंघ रुपन्देहीका अध्यक्ष बिनयबन्धु बिनयीले भने -ग’लत कार्य गर्ने जोसुकैलाई पनि कार्बाही गर्नुपर्दछ  गलत आरोप लगाएर कसैको चरित्र हत्या गर्नु पनि अपराध हो।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास

काठमाडाैं।पाँच दलीय सत्ता गठबन्धनकाे बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ । केही बेर अघि सुरु भएकाे बैठकमा प्रधानमन्त्री एवं कांग्रेस

ताप्लेजुङ । ताप्लेजुङमा आजदेखि कोरोना विरुद्धको कोभिडशिल्ड खोपको दोस्रो मात्रा लगाएकालाई नियमित खोप केन्द्रमार्फत बुष्टरडोज लगाइने भएको छ । कोभिशिल्ड