गुल्मीमा भारतीय पेन्सन क्याम्प सुरु

३ जेष्ठ २०७०, शुक्रबार २१:४७ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, ३ जेठ । गुल्मीको सदरमुकाम तम्घासमा शुक्रबारदेखि भारतीय पेन्सन क्याम्प शुरु भएको छ । भारतीय राजदुतावासले हरेक वर्र्ष दुई पटक ६–६ महिनामा भारतीय सेनावाट सेवा अवधि पुरा गरी निवृति लिई वसेकाहरुलाई पेन्सन वितरण गर्ने गर्दछ । पेन्सन वुझ्नका लागि टाढा टाढाका पेन्सनरहरु सदरमुकाम तम्घास आएका छन्  । प्राय शान्त रहने वाख्रेछेडाँ वजारमा पेन्सन सिजनसँगै यतिवेला निक्कै भिडभाड र चहलपहल वढेको छ । पेन्सन सिजनलाई ध्यानमा राखी व्यापार व्यवसायका लागि भन्दै बुटवल, भैरहवा, सुनौली लगायत भारतका विभिन्न स्थानवाट समेत व्यापारीहरु आएका छन् ।

क्याम्पस भवनको सिलान्यास

धुर्कोट परमानन्द भण्डारी वहुमुखी क्याम्पस, धुर्कोट वस्तुको निर्माण गर्न लागिएको ८ कोठे भवनको शुक्रबार कार्यक्रमका विच शिलान्यास गरिएको छ । विश्व विद्यालय अनुदान आयोग यूसीसीको २५ लाख रुपैयाँ वरावरको आर्थिक सहयोगमा निर्माण हुन लागेको उक्त भवनको नेकपा एमालेका जिल्ला अध्यक्ष टोमलाल पाण्डेय, जग्गादाता ढुण्डीराज शर्मा भण्डारी र युवराज पाण्डेयले संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो ।
भवनको शिलान्यास गर्दै तिनै जना अतिथिहरुले भवन सम्पन्न गर्नका लागि सवै पक्षले आ–आफ्नो पक्षबाट सहयोग पु¥याउनुपर्नेमा जोड दिनुका साथै क्याम्पसको सफलताको शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले फागुन

विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ

डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएकोमा आपत्ति जनाएको छ । सोमबार बिहान बसेको सचिवालय बैठकले प्रधानमन्त्री