मधेसको आगोमा देश जल्छ : महतो

३ जेष्ठ २०७०, शुक्रबार १०:०५ मा प्रकाशित

सर्लाही, ३ जेठ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसमा सल्कने आगोले देश जल्ने बताएका छन्। आफ्ना दश बुँदे माग पुरा नभए देश जल्ने उनले बताए। माग समयमा पुरा नभए जनताको धैर्यता टुटछ,’ महतोले भने, ‘धैर्ययताको बाँध टुटे अनर्थ हुन्छ।’
मधेसको २२ जिल्लामा माग पुरा गराउन एक साथ ८४ जनाले आमरण अनसन सुरु गरेको उल्लख गर्दै महतोले भने, ‘सरकारले माग पुरा नगरे मधेसको सडकमा जनताले आगो बाल्न बाध्य हुन्छ। मधेसमा बलेको आगोले देश जल्छ।’ प्रमुख दल र सरकार अनसन प्रति गम्भीर नभए अनसरनकारीको स्वास्थ्य बिग्रेपछि मधेसी जनता सडकमा आगो बाल्न बाध्य हुने उनले बताए। माग पुरा नगरी सरकारले मंसिरमा चुनावको मिति तोकिए पनि चुनाव हुन नदिने उनले चेतावनी दिए।
मधेसमा भूमिगत सशस्त्र समूहको माग र उनीहरुको सुरक्षाको ग्यारेन्टी नभए चुनाव सम्भव नरहेको उनले बताए। विभिन्न २२ जिल्लामा चार दिनदेखि जारी आमरण अनसनबारे जानकारी गराउन बिशिबार मलंगवामा आयोजित पत्रकार सम्मेलनमा महतोले दश बुँदे माग र सशस्त्र समूहको माग समयमा पुरा गर्न सरकारसँग माग गरे। दश बुँदे माग पुरा गराउन सद्भावना जस्तोसुकै कुरवानी दिन तयार रहेको महतोको भनाइ थियो ।
आन्दोलनको सम्बन्धमा मन्त्रिपरिषद्का अध्यक्ष र मन्त्रीहरुसँग अनौपचारीक सम्वाद भएपनि औपचारीक पत्र प्राप्त नभएको उनले जानकारी गराए। ‘भेटघाटमा उनीहरुले माग समय सान्दर्भिक रहेको बताउँदै समस्या चिर्नुपर्ने बताएका छन,’ उनले भने, ‘माग पुरा गराउने पहल ‘डक्टर आफ्टर डेथ’ हुनु भएन।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता लिएकी छन् । पछिल्लो सार्वजनिक मतपरिणमअनुसार गठबन्धनकी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका बालेन्द्र शाहले फराकिलो अग्रतालाई कायमै राखेका छन् । मुख्य निर्वाचन अधिकृत कार्यालय

यातायात व्यवस्था विभागले जेठ ४ गतेबाट लागू हुने गरी सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। विभागले मङ्गलबार सूचना जारी गर्दै

काठमाडौं ।स्थानीय तह निर्वाचनको मतगणनाको नजिता आउने क्रम चलिरहेको छ। अहिलेसम्म देशभरका चार सय ४ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक