मलाई ‘राजा’को समर्थन छ : कमल थापा

३ जेष्ठ २०७०, शुक्रबार ०८:२६ मा प्रकाशित

काठमाडौं, ३ जेठ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशमा सक्रिय वा सेरमोनियल जस्तो रुपको भए पनि राजा आवश्यक रहेको जिकीर गरेका छन् । राष्ट्रपति रामवरण यादवको भूमिका सन्देहास्पद रहेकोले मुलुकमा असंवैधानिक नियुक्तिहरु बढेको आरोप लगाउँदै थापाले अब राजा नभए देश अस्तित्वकै खडेरीमा पुग्ने उल्लेख गरे । डडेल्धुराको डोटीमा आयोजित राप्रपा नेपालको एक कार्यक्रमबीच अध्यक्ष थापाले पूर्वराजा ज्ञानेन्द्रको समर्थन आफू र आफ्नो पार्टीलाई रहेको दाबीसमेत गरे ।
खिलराज रेग्मीको सरकार जनताको म्याण्डेट नभएको भन्दै उनले यो सरकारले गरेका सबै नियुक्तिहरु खारेज हुनुपर्ने माग गरे । चार दलले राजनीतिक पार्टीहरुलाई ए र बी श्रेणीमा विभक्त गरेर बिमतिको संस्कार सुरु गरेको र नेकपा–माओवादीलाई झन्–झन् भड्काएर सडकमा पु¥याएको आरोप पनि थापाले लगाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालयको मुख्य सचिव पद रिक्त भएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेल राष्ट्रिय सभा

काठमाडौं।विश्वभरी नै कोरोना संक्रमित बढिरहेका छन् । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण संक्रमणको ग्राफ विश्वभर एकैपटक बढेको हो । पछिल्लो २४

चितवन । वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९