जुत्ताको तलुवामा १६ किलो सुन !

३ जेष्ठ २०७०, शुक्रबार ०७:५० मा प्रकाशित

काठमाडौं, ३ जेठ । प्रहरीले तातोपानी नाकाबाट अवैध रुपमा भित्रिएको अहिलेसम्मकै बढी परिमाणको सुनसहित तस्करहरुलाई पक्राउ गरेको छ । चीनको तिब्बतबाट काठमाडौं ल्याई भारततर्फ तस्करी गर्ने उद्देश्यले जुत्ताभित्र लुकाई ल्याइएको ७ करोड २० लाख मूल्यबराबरको १६ किलो सुनसहित चारजना जोरपाटीबाट पक्राउमा परेका हुन् । पक्राउ पर्नेमा सानु शेर्पा, नाम्गेल शेर्पा, ज्ञाने शेर्पा र सोनम शेर्पा छन् ।
सो सुन तस्करीमा न्युरोडका नाम चलेका एक नेपाली व्यापारी र भारतीय सुन तस्करको संलग्नता रहेको आशंका प्रहरीले गरेको छ भने पक्राउ परेका सबै भरिया भएको प्रहरीले जनाएको छ ।  उनीहरूले एक किलो सुन काठमाडौं ल्याएबापत ५ हजार पाउने गरेको बताएका छन् । प्रहरीले नेपालबाट भारतसम्म सुन पु¥याउने ठेक्का लिएका एक एजेन्टलाई समेत पक्राउ गरेको जनाएको छ । काठमाडौंबाट सो सुन लिएर भारत जाने तयारीमा रहेका भारतीय नागरिक गाम्पो भोटियालाई भरियाहरुकै सूचनाका आधारमा लैनचौरबाट पक्राउ गरिएको हो ।
प्रहरीले जनाएअनुसार बिहीबार बिहान बिहान ७ बजे तातोपानीबाट बस चढेर काठमाडौं आएका उनीहरू १२ बजे कोटेश्वरमा ओर्लिएका थिए । कोटेश्वरबाट तीनकुनेसम्म हिँडेर आएका उनीहरू भाडाको ट्याक्सी चढेर जोरपाटी गएका थिए । सुन उनीहरूले आङ्खनो कोठामा राखेका थिए । विशेष सूचनाका आधारमा प्रहरीले उनीहरूको कोठामा छापा मारी सुन बरामद गरेको हो । बताइए अनुसार भोटिया एक साताअघि काठमाडौं आएको र उनी सुन तस्करको सञ्जालको मुख्य सदस्य हुन् । पक्राउ परेका भोटियाले भने आपूmलाई एक भारतीय साथीले सामान लिन पठाएको र सो सामान सुन नै भएको थाहा नभएको बताएका छन् ।
पछिल्लो समयमा सुन तस्करहरूले विभिन्न मुलुकबाट सुन चीन लैजाने र चीनबाट तिब्बत हुँदै खासाको बाटो प्रयोग गरेर नेपाल ल्याउने कामलाई तीव्रता दिएका छन् । यसैगरी, नेपालबाट अवैध रूपमा सुन भारत लैजाने गरिएको पाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा