न्यायसेवा र राजमार्ग सुरक्षार्थ प्रहरीमा ६ हजार दरबन्दी थपिने

३ जेष्ठ २०७०, शुक्रबार ०७:३० मा प्रकाशित

काठमाडौं, ३ जेठ । मन्त्रिपरिषदको बिहिबारको बैठकले प्रहरी प्रशासनतर्फ ४ हजार १६ र न्ययासेवातर्फ १ हजार ९ सय ९४ गरी जम्मा ६ हजार १० प्रहरी दरबन्दी थप्ने निर्णय गरेको छ । प्रहरीका थप दरबन्दी न्यायालय र राजमार्ग सुरक्षामामा परिचालन गरिने जनाइएको छ । त्रिवर्षीय योजनामा न्यायालय सुरक्षा गर्नका लागि न्यायिक प्रहरी बल गठन गर्ने उल्लेख गरिएको थियो भने राजमार्ग सुरक्षामा पनि विशेष ब्यवस्था गर्नुपर्ने आवाज उठ्दै आएको थियो। विशेषगरी सर्वोच्चका न्यायाधीश रणबहादुर बमको हत्यापछि सर्वोच्चले यस विषयलाई यथाशीघ्र कार्यान्वयनमा ल्याउन माग गरेपछि नेपाल प्रहरीले दरबन्दी थप्नका लागि गृह मन्त्रालयमा प्रस्ताव पठाएको थियो ।
यसैगरी, सरकारले ४ हजार २ सय ९६ दरबन्दी नेपाल प्रहरीको प्रशासन समूहमा थप गरेको छ । न्यायिक र प्रशासन गरी कुल ६ हजार १० दरबन्दी स्वीकृत गरिएको हो । कुल प्रहरीको ६१ हजार १ सय ७१ दरबन्दीमध्ये व्यवहारमा ३८ हजार ७ सय ९३ ले मात्र काम गरेका थिए । स्वीकृत १० हजार दरबन्दीमध्ये ६ हजार १० दरबन्दी थप गर्न बाँकी थियो । अन्तर्राष्ट्रिय मापदण्डअनुसार अझै ३२ हजार दरबन्दी थप गर्नुपर्ने देखिएको छ ।
बिहिबारकै बैठकले रुसको भ्लाडिभोस्टकमा १३ देखि १६ जेठसम्म हुने ‘एसियन इन प्यासिफिक इनर्जी फोरम’को मन्त्रिस्तरीय बैठकमा भाग लिन राष्ट्रिय योजना आयोगका सचिव युवराज भुसाललाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ । यस्तै व्यापार तथा यातायात सहजीकरण आयोजनाका लागि विश्व बैंकको अन्तर्राष्ट्रिय संस्थाले दिने ऋण र अनुदान गरी ८ अर्ब ६४ करोड २४ लाख रुपैयाँ प्राप्त हुने भएको छ । फिनल्यान्डका राष्ट्रपति सावोजी मिनिस्टोबाट काठमाडौं–४ निवासी मीनबहादुर रावललाई प्रदान गर्ने ‘द अवार्ड अफ लाइफ अफ द फिनल्यान्ड’ स्वीकार गर्न अनुमति पनि बैठकले दिएको छ । यसैगरी, शान्ति तथा पुनःनिर्माण मन्त्रालयले तयार गरेको द्वन्द्वका कारणबाट मनोसामाजिक असर पहिचान गरी उनीहरूलाई आवश्यक मनोसामाजिक परामर्श सेवा सञ्चालनसम्बन्धी निर्देशिका पारितका लागि मन्त्रिपरिषद्को सामाजिक समितिमा पठाउने निर्णयसमेत भएको छ । रुकुम चौरजहारी र पाँचथर फिदिममा बस्ती विकास गरी सहरी क्षेत्र विकास गर्न आवश्यक जग्गा उपलब्ध गराउने सम्बन्धमा सैद्धान्तिक निर्णयसमेत भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा