मन्त्रालयका सचिवमाथि अब सीसीटीभीको नजर

३ जेष्ठ २०७०, शुक्रबार ०७:०५ मा प्रकाशित

काठमाडौं, ३ जेठ । मन्त्रालयका सचिवहरुको कामकारकाहीमाथि निगरानी राख्न सरकारले आगामी असार १५ देखि सचिवको कार्यकक्षमा सीसीटीभी जडान गर्ने भएको छ । सचिवहरूले के गरिरहेका छन्, केकस्ता मानिसलाई भेट्दै छन्, निर्णय गर्नुपर्ने फाइल टेबुलमा थुपारेर राखिएको छ वा छैन भनी नियाल्ने उद्देश्यले यस्तो व्यवस्था गर्न लागिएको मन्त्रिपरिषद कार्यालय स्रोतले जनाएको छ । स्रोतका अनुसार सबै मन्त्रालय र प्रधानमन्त्री कार्यालयका सचिवहरूको दिनभरको कामकारबाही र गतिविधि सीसीटीभीबाट मुख्यसचिवले आफ्नै कार्यकक्षमा बसेर निगरानी गर्नेछन् ।
सरकारको यस कदमबाट सरकारका कामकारबाही पारदर्शी बनाउन मद्दत पुग्ने विश्वास गरिए पनि कतिपय पूर्वप्रशासकहरूले सीसीटीभीमार्फत सरकारले मुख्यसचिवमार्फत सचिवहरूको कामकारबाहीमा प्रत्यक्ष निगरानी राख्दा मन्त्रालयहरूमा प्रधानमन्त्रीको नियन्त्रण र हस्तक्षेप बढ्ने भएकाले मन्त्रीहरू आफ्ना मन्त्रालयप्रति उत्तरदायी नहुने स्थिति आउन सक्ने धारणा प्रकट गरेका छन् । सरकारी एक अधिकारीले यस्तोखाले निगरानीको व्यवस्था संसारमा कहीँ पनि नरहेको उल्लेख गर्दै सचिवको कार्यकक्षमा सीसीटीभी राख्दैमा सरकारका कामकारबाही पारदर्शी नहुने बताए । सचिवको कामकारबाही र प्रभावकारिताको मूल्यांकन गर्न र बढी जिम्मेवार बनाउन अरु नै विधि अवलम्वन गर्नुपर्ने तर्क उनीहरुले अघिसारेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

देशभर पछिल्लो २४ घण्टामा थप चार हजार ९६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्या शनिबार देखिएको नयाँ

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आगामी १६ माघमा बोलाइएको छ । यसअघि ३ माघमा बस्ने गरी बोलाइएको बैठक कोभिड

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले भर्खरै सम्पन्न नेपाली कांग्रेसको १४औँ महाधिवेशनपछि पार्टीमा कुनै असहजता नरहेको बताउनुभएको

म्याग्दीका सरकारी कार्यालयबाट सेवा लिन र होटलमा बस्न कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य देखाउनुपर्ने भएको छ । जिल्ला कोभिड–१९ सङ्कट