चुनावको मिति घोषणा गर्न हतार नगर्न देउवाको सुझाव

३ जेष्ठ २०७०, शुक्रबार १४:४५ मा प्रकाशित

काठमाडौं, ३ जेठ । नेपाली कांग्रेसका वरिष्ठ नेता चुनाव हुनुभन्दा दुई या तीन महिनाअघि मात्र चुनावको मिति घोषणा गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन् । तत्काल निर्वाचनको मिति घोषणा गर्दा निर्वाचन धेरै खर्चिलो हुनसक्ने तर्क गर्दै देउवाले अहिले निर्वाचनको मिति निर्धारण गर्न हतार गर्न नहुने बताए ।
प्रेस युनियनले डडेलधुरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता देउवाले मिति घोषणा नहुँदैमा निर्वाचन नै हुँदैन कि भनी आशंका गर्न नहुने सुझाव दिए । निर्वाचनले मात्र सबै दलको भविष्य सुरक्षित हुने भएकाले चुनाव भएरै छोड्ने उनको तर्क थियो ।
लोकमान प्रकरणमा अनावश्यक टिप्पणी भइरहेको धारणा राखेका देउवाले एक पटक निर्णय गरेको कुरामा खुट्टा झिकेर दलहरुले आफ्नै हैसियत र छवि गुमाएको टिप्पणी गरे । कांग्रेस पार्टी भित्र बिबाद नरहेको र सानातिना असमझदारीहरु पनि अब टुंगिन लागेको खुलासा गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पर्यटन विकास आयोजना वागमती प्रदेश हेटौडा, मकवानपुरका सव–इन्जिनियर नेत्रप्रसाद लामिछाने ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

काठमाडौं । प्रचण्ड नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई दलको नेता चयन गरेको छ ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज

नवलपरासी । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको