संविधान बनेन भने राष्ट्रपतिको वैधानिकतामा प्रश्न उठ्छ

२३ चैत्र २०६८, बिहीबार १२:२६ मा प्रकाशित

उपेन्द्र यादव, अध्यक्ष मधेशी जनअधिकार फोरम
० शान्ति प्रकृया अघि बढ्ने भयो होइन ?
– शान्ति प्रकृया अघि बढ्नै पर्छ । ढिलो भइरहेको छ, त्यसले गर्दा नोक्सान भइरहेको छ ।
० चैत ३० भित्र माओवादी शिविर खाली हुनेभयो ?
– सरकार बनेको ४५ दिनभित्रै सम्पन्न गर्नु भनेको काम गरेन, त्यसपछि सात बुँदे, चार बुँदे सम्झौता ग¥र्यो, त्यो पनि पूरा गरेन । अब अहिले आएर ३० गतेभित्र समायोजन पूरा गर्छु भनेको छ, त्यो व्यवहारमा गरेर देखाउनुपर्छ । मुखले भनेको भरमा विश्वास गर्ने आधार छैन ।
० सहमति नै भइसकेको छ नि ?
– त्यस्ता सहमति धेरै पटक भइसकेको छ । त्यसलाई कार्यान्वयन गरिदैन । सहमतिलाई म सकरात्मक रुपमा लिन्छु ।
० व्यवहारमा उतार्न कुनै गम्भीर समस्या छ र ?
– माओवादीलाई विश्वास गर्ने भनेको व्यवहारबाट मात्रै हो । माओवादीले पटक पटक सहमति गर्ने तोड्ने मात्र गरिरहेको छ । अहिले भएको सहमति नतोडून, व्यवहारमा कार्यान्वयन गरेर देखाउन भन्ने हाम्रो भनाइ हो ।
० तपाईंहरु पनि शान्ति र संविधानभन्दा पनि मधेशको मुद्दा मात्रै उठाउनु हुन्छ अरे नि ?
– शान्ति र संविधान भएन भने मधेशको मुद्दा कहाँ सम्बोधन हुन्छ र ? मधेश, आदिवासी जनजाति र दलित सबैका मुद्दालाई सम्बोधन गरी संविधान निर्माण र शान्ति प्रकृया टुंग्याउनुपर्छ ।
० संविधान घोषणा भएन भने राष्ट्रपतिको वैधानिकतामा प्रश्न उठ्छ भन्नुभयो नि ?
– कुन संविधानको राष्ट्रपति रहने ? संविधान बनेन भने राष्ट्रपति, उपराष्ट्रपति, सरकार र संवैधानिक अंगसमेतको वैधानिकतामा प्रश्न चिह्न उठ्छ ।
० अर्को चुनाव नभएसम्म राष्ट्रपति रहने प्रावधान छैन र ?
– अर्को चुनाव गर्ने संविधान नबनेपछि त्यो संविधानअन्तर्गत अगाडि बढ्ने हो । संक्रमणकालीन अवस्था नयाँ बन्ने संविधानमा राखिएको छ, त्यो संविधानमार्पmत् नै संसद, राष्ट्रपति, सरकार जाने हो । त्यो नै नबनेपछि वैधानिकताको प्रश्न उठ्दैन ?
० जनताले राष्ट्रपतिलाई सम्मान र आदर गरेका छन् नि ?
– सम्मान र आदर भन्ने कुरा अलग हो । तर तिनको कति अवधि र कुन संविधानअन्तर्गत भन्ने कुरालाई सम्मान र आधारले काम गर्दैन नि । विधि र विधानले काम गर्ने हो । त्यसले गर्दा राष्ट्रपति, उपराष्ट्रपति, संसद र संवैधानिक अंगलाई यथावत राख्ने हो भने संविधान बन्नुपर्छ । त्यो संविधानबमोजिम नै रहने हो । अन्तरिम संविधानको औचित्य समाप्त नहुने, नयाँ नबन्ने हो भने कसरी अघि बढ्छ ?
० संघीयतासहितको संविधान चाहनुहुन्छ ?
– संघीयतासहितको संविधान, पहिचानसहितको संघीयता र सार्वभौम सम्पन्न जनताको संघीय गणतान्त्रिक संविधान चाहन्छौं ।
० जेठ १४ भित्र संघीयतासहितको सविधान सम्भव छ ?
– सम्भव छ । भएन भने कुरै छैन । त्यसको विकल्प छैन । लोकतन्त्रको विकल्प हुन्छ ?
० संविधान आउन सकेन भने ?
– तीन मिलेर संविधान नचाहेको भन्ने कुरा हामी बुझ्छौं । उनीहरु देश र जनतालाई धोका दिन चाहन्छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ, १९ बैशाख । विश्वमा कोरोना माहामारीका कारण नेपाल लकडाउन भएको १ महिना भन्दा बढी भइसक्यो । यो एक महिनाको

निरोज कुमार थापा, काठमाडौँ, १० असार । सबै मानिसहरु आफ्नो कर्ममा सफल हुन्छन् भन्ने छैन । तर निरन्तरको लगाव, कामप्रतिको

पर्यटन प्रवद्र्धनका लागि सन् २०१७ बाट हरेक वर्ष हिमालय ट्राभल मार्ट आयोजना हुँदै आएको छ । यसवर्ष पनि जुन ६

निरोज कुमार थापा, काठमाडौँ, ६ बैशाख ।  नेपालमा होमस्टेको इतिहाँस लामो छैन। यो अभियानले गति लिएको एक दशक पनि भएको