केकी ब्रेकअप मुडमा

३ जेष्ठ २०७०, शुक्रबार ०२:१९ मा प्रकाशित

काठमाडौं । अधिकांश सिने कलाकारहरुको घरजम र प्रेम सम्बन्ध भत्किरहेको बेला नायिका केकी अधिकारी पनि ब्रेकअपको मुडमा पुगेकी छिन् । तर केकीको मुड कसैसँग प्रेमसम्बन्धमा ब्रेकअप नभई फिल्मबाट ब्रेकअप लिने अवस्थामा पुगेको हो ।

कम्तीमा पनि ६ महिना नयाँ सिनेमा नखेल्ने मनस्थितिमा छिन्, केकी । “लभग ६ महिनासम्म नयाँ सिनेमामा साइग्न गर्ने सोच छैन,’ उनले फिल्म नेपालसँग कुरा गर्दै भनिन् । पढाइमा कम ध्यान पुगेकोले फिल्मबाटै अलग्गिएर अध्ययनमा लाग्ने केकीको सोचाइ छ । केकी अहिले एमबीए तेस्रो सेमेष्टरमा अध्ययनरत छिन् ।

यो वर्ष केकी अभिनित ४ वटा सिनेमा रिलिज हुने भएकोले पनि उनमा फिल्म खेलिहालौं भन्ने लागेको छैन रे । ‘पढाइबाट बचेको समय यी फिल्मको प्रमोसन गर्दै ठीक्क हुन्छ,’ उनले भनिन् । केकी अभिनित ‘प्रमिस’ र ‘बितेका पल’को अहिले डबिङ भईरहेको छ ।

६ महिना सिनेमा नखेल्ने मुड बनाएपनि केकीलाई बीचमा असाध्यै राम्रा सिनेमाको अफर आएमा विचार गर्ने सोच पनि छ रे । ‘मेरो फिल्मी करियरलाई नै उल्टाउने फिल्म आएमा सोच्न सकिन्छ नभए संख्या बढाउनकै लागि भने खेल्दिन,’ केकीले भनिन् । केकी कम बाठी भने रहिनछिन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अनुष्का शर्मा र विराट कोहलीकी छोरी वामिकाको फोटो हालै मात्र सोसल मिडियामा भाइरल भयो । अनुष्का आफ्नी छोरीलाई

एजेन्सी । बलिउडमा यस्ता धेरै अभिनेत्री छन्, जसले विवाहपछि आफ्नो करियरलाई अलविदा गरिसकेका छन् । यसका पछाडि विभिन्न कारणहरू थिए, जुन

काठमाडौं।बलिउडदेखि हलिउडसम्म यात्रा गरिसकेकी अभिनेत्री प्रियंका चोपडा र उनका पति निक जोनास सरोगेसीका माध्यमबाट आमाबाबु बनिसकेका छन् । प्रियंका र

काठमाडौँ । कोरोना संक्रमण दर बढेसँगै सरकारले फिल्म हल बन्द गरे पनि फिल्म छायांकनमा भने रोक लगाएको छैन । स्वास्थ्य