रामचन्द्र नेपाल, क्वालालम्पुर २३ चैत । मलेसियामा काम गर्दा गर्दै ज्यान गुमाएका एक नेपालीको परिवारले करीव ३५ लाख रुपैयाँ सहयोग पाएको छ । मलेसियामा काम गर्दा गर्दै ज्यान गुमाएका नेपालीको परिवारले यति ठुलो रकम पाएको संभवत यो पहिलो हो ।
जोहोरवारुको पिटिपि कम्पनीमा काम गर्दागर्दे एक वर्ष अगाडि कण्टेनरले च्यापिएर ज्यान गुमाएका तनहुँ खुरखुरे गाविस वडा न. ५ का सुकवहादुर गुरुङको परिवारलाई इन्सुरेन्स, कम्पनी तथा सहकर्मीहरुको सहयोगबाट यो रकम प्राप्त भएको हो ।
मृतकको परिवारलाई इन्सोरेन्स वापत पाचँ लाख,पिटिपि कम्पनीवाट २८ लाख ७५ हजार तथा कम्पनीमा कार्यरत नेपाली श्रमिकहरुले एक लाख सात हजार रुपैयाँ सहयोग गरेका थिए ।
मृतककी श्रीमति लक्ष्मि गुरुङले पछिल्लो पटक पठाईएको २८ लाख ७५ हजार रुपैयाँ पोखरामा रहेको माछापुछ्रे वैकवाट प्राप्त गरिसकेकि छिन् । रकम दिलाउनको लागि कम्पनीमा कार्यरत नेपाली सहकर्मीहरुले केहि दिन कामकाज ठप्प पार्दै कम्पनीलाई दबाब दिएका थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर
गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद
लिसवोन । पोर्चुगलस्थित नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च पुनर्गठन भएको छ । ३५ सदस्यीय कार्य कार्यसमितिको अध्यक्षमा अध्यक्ष
नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा ओम शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यसमितिको उपाध्यक्षमा डिल्ली अम्माई, सचिवमा पेम्बा गेलु
दमास्कस । ओमानस्थित नेपाली राजदूतावासले हिजो शनिबार साहित्य र प्रकृतिसम्बन्धी एक वेबनारको आयोजना गरेको छ । काठमाडौँको सेरोफेरोका महत्वपूर्ण र