सुष्माको यो कस्तो प्रेम?

३ जेष्ठ २०७०, शुक्रबार ०२:१४ मा प्रकाशित

काठमाडौ । सुष्माले राम्रो अभिनय गरिन्। उनकै अभिनयका कारण चलचित्र चलेपछि निर्माताले उनलाई बक्सिसस्वरूप पारिश्रमिक थपिदिए रे भन्नेजस्ता प्रशंसाका कारण होइन कि उनको ब्रेकअप भयो अनि पहिलो प्रेमी छाडेर सुष्मा कार्की अर्कोको खोजीमा छिन् भन्ने गलत खालका समाचारका कारण यतिबेला सुष्मा कार्की बजारमा छाइरहेकी छिन्।
कलाकारितालाई भन्दा पनि यसको नाममा यौनिक सम्बन्ध र यस्तै अन्य हर्कत गर्दै हिँड्नेहरूको भीड बढिरहेको आजको अवस्थामा नायिका सुष्मा कार्की समय समयमा केही न केही बोकेर चर्चामा आइरहन्छिन्।
यो साता उनको प्रेमीसँग ‘ब्रेकअप’ भएको चर्चाले व्यापकता कमायो। मिडियाले पनि यो कुरालाई निकै उछाल्यो। मानौ सुष्मा कार्की मायाप्रेमकी एउटी उदाहरण नै थिइन् वा अनुयायी नै हुन् र उनको मायापे्रमको सिको गर्नुपर्छ। रोमियो–जुलियट वा मुना–मदन र मालती–मंगलेको प्रेमभन्दा पनि माथि राखेर सुष्माको प्रेमलाई चर्चा–परिचर्चा गर्नेहरू प्रशस्तै भेटिए यो साता । प्रेमलाई फेसन र लहडको रूपमा लिएर त्यस्तै खालको व्यवहार गर्नेहरूको माया टुटेको प्रसङ्गले बजार तात्ने नेपाली चलचित्र बजारमा सस्ता कुरा, सस्तो चलचित्र र सस्ता कथाहरूले प्रश्रय पाइरहँदा यहाँ सस्ता कलाकारको बाहुल्य पनि बढिरहेको छ। भनिन्छ नि जस्तो–जस्तो बाहुन उस्तै–उस्तै स्वाहा।
आफ्नो प्रेम बसेको कुरा आफैँ हल्ला गर्दै हिँड्ने र सम्बन्धमा चिसोपन आएको कुराको हल्ला पनि आफैँ गर्ने? कस्तो पे्रम र माया हो नायिका सुष्मा कार्कीको। सम्बन्धलाई प्रचारप्रसारको खुराक बनाउने कार्कीहरूबाट यस्तो समाचार आउनु नौलो कुरा होइन, तै पनि सस्तो लोकप्रियताका लागि ‘मेरो फलानोसँग पे्रम बस्यो, फेरि फलानोसँग बसेको पे्रम टुट्यो’ भनेर सगर्व व्यक्त गर्नेहरूको पे्रमचाहिँ कस्तो होला? बुझिनसक्नु छ। अहिले त आफू र आफ्नो जोडीबीचको सम्बन्ध अरूले थाहा पाउलान् भन्ने होइन कि थाहा नपाउलान् कि भन्ने चिन्ता र डर पो छ। यस्तो मानसिकता र सोचमा अगाडि बढेका कलाकर्मीहरूबाट कस्तो चलचित्र र कस्तो भूमिकाको आशा राख्ने? अब त दैव नै जानुन्।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चर्चित टिभी निर्माता एकता कपुर ‘नागिन ६’ बाट चर्चामा आएकी छिन् । उनले यही शोका लागि अभिनेत्रीसँग सम्बन्धविच्छेद

काठमाडौं । दिवंगत अभिनेता सुशान्तसिंह राजपूतको आज ३६औं जन्मजयन्ती हो । उनको निधन १४ जुन २०२० मा भएको थियो ।

एजेन्सी । दक्षिण भारतका चर्चित अभिनेता चिरञ्जीवीकी छोरी श्रीजा पति कल्याणसँग अलग भएको खबर अहिले चर्चामा छ । श्रीजाले आफ्नो सामाजिक

काठमाडौं । कोरोनाभाइरसको बढ्दो महामारीलाई मध्यनजर गर्दै संगीतको विश्वप्रतिष्ठित अवार्ड शो ‘ग्रामी अवार्ड’ स्थगित गरिएको छ । अब यो शो