सञ्जय दत्त जेल चलान

२ जेष्ठ २०७०, बिहीबार २२:५८ मा प्रकाशित

एजेन्सी । सन् १९९३ मा भएको मुम्बई बमकाण्डका अभियुक्तहरुसँग हतियार लिएको आरोप लगेका बलिउडका अभिनेता संजय दत्त मुम्बईको टाडा बिशेष अदालतमा गएर आत्मसमर्पण गरि जेल गएका छन् । टाडा अदालतले संजयलाई आतंकारीहरुबाट अवैध हतियार लिएको अभियोगमा ५ बर्षको जेल सजाय सुनाएको थियो । यसअघि नै १८ महिना जेल बसिसकेका दत्तले अब साढे तीन वर्ष जेलमा बिताउनु पर्नेछ ।
आफूले काम गरिरहेका सिनेमाहरु अधुरै रहेकाले तिनीहरुलाई पूर्णता दिन भन्दै सञ्जयले सर्वोच्च अदालत समक्ष आत्मसमर्पणका लागि केही समय माग गरेका थिए । तर सर्वोच्च अदालतलले यसअघि एक महिनाको समय दिएको भन्दै उनले मागेअनुसार थप तीन महिना र्णय सुनाएपछि उनी जेल गएका हुन् । सञ्जयलाई शुक्रबार पुणे कारागारमा चलान गरिने भारतीय संचारसंस्थाले जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।विश्वभरी नै कोरोना संक्रमित बढिरहेका छन् । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण संक्रमणको ग्राफ विश्वभर एकैपटक बढेको हो । पछिल्लो २४

एजेन्सी । अफगानिस्तानमा तालिवान सरकारका प्रवक्ता जाबीहुल्लाह मुजाहिदले सरकारले महिलालाई पक्राउ गरेको भन्ने विवरण झुट भएको दाबी गरेका छन् ।

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र

प्योङयाङ।उत्तर कोरियाले फेरि अर्को मिसाईल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी सागरमा बिहीबार अर्को मिसाईल प्रहार गरेको हो ।