गोरेबहादुरको अवस्था गम्भीर

२ जेष्ठ २०७०, बिहीबार १९:४४ मा प्रकाशित

काठमाडौं, २ जेठ । तीन साताअघि मोटरसाइकलले ठक्करबाट घाइते बनेका पुराना जनजाति नेता गोरेबहादुर खपाङ्गीको स्वास्थ्य अवस्था गम्भीर बन्न पुगेको बुझिएको छ । माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालको आइसीयू कक्षमा राखिएका खपाङ्गीलाई गत वैशाख १२ गते पुरानो बसपार्कमा मोटरसाइकलले ठक्कर दिएको थियो । त्यसयता उनको चेत खुलेको छैन ।
फोक्सोमा पानी जमेर निमोनियाले ग्रस्त रहेका उनको उपचारमा र्दनिक लगभग ५० हजार रुपैयाँ खर्च भएकोले खपाङ्गीको परिवारले उपचार खर्च धान्न नसक्ने भएको बताइएको छ । यस हिसाबले पाँचदेखि छ महिनासम्म उपचार गर्नु पर्ने अवस्था रहेको उपचारमा संलग्न चिकीत्सकहरुको भनाई छ । उनको उपचारार्थ अर्थ संकलनका लागि ुगोरेबहादुर खपाङ्गी मगर उपचार सहयोग समितिु गठन गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिको बैठकबारे थाहा नभएको बताएका छन् । ठाकुर-महतो पक्षले वरिष्ठ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय महाधिवेशन स्थगन गरेको छ । यही जेठ २२ देखि २५ गतेसम्म काठमाडौंँमा

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले