युएन शान्तिसेनाका अपहरित सैनिक अधिकारीहरु मुक्त

२ जेष्ठ २०७०, बिहीबार १३:४५ मा प्रकाशित

काठमाडौं, २ जेठ । संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा खटिएका नेपाली सेनाका सेनानी उज्ज्वल केसीसँगै फिनल्यान्ड र न्युजिल्यान्डका एकएक जना सैनिक अधिकृतलाईलाई सिरियाको सरकारविरोधी फ्रि सिरियन आर्मी समूहले बुधबार बन्धक बनाई मुक्त गरेको नेपाली सेनाले पुष्टि गरेको छ। बन्धक बनाएको पाँच घन्टापछि उनीहरुलाई मुक्त गरिएको थियो । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी सुरेश शर्माका अनुसार करिब पाँच घन्टा बन्धक बनाएपछि उनीहरुलाई मुक्त गरिएको हो । सेनानी केसीलगायत अपहरित तीनै जना इजरेलको जेरुसेलममा मुख्यालय रहेको संयुक्त राष्ट्रसंघ युद्धविराम पर्यवेक्षण संगठन (युएनटिएसओ)मा पर्यवेक्षकका रुपमा कार्यरत छन् । इजरेल–सिरिया बोर्डर गोलान हाइटस्थित पोस्टमा सुतिरहेका बेला उनीहरुलाई अपहरण गरिएको थियो।
बन्धक बनाइएका तीनै देशका सेनाको साथमा रहेको ल्यापटप, राहदानी, क्यामरा, मोबाइल, घडीलगायत सम्पूर्ण व्यक्तिगत तथा संगठनका सामग्री फ्रि सिरियन आर्मी समूहले लुटेको थियो। गत आइतबार मात्र इजरेल–सिरिया बोर्डरमा चार जना राष्ट्रसंघका पर्यवेक्षकलाई बन्धक बनाई लुटिएको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राखेका छन्।

दमौली । नारी दिवसका अवसरमा तनहुँको देवघाट गाउँपालिकाले श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता आयोजना गर्ने भएको छ । एक सय

काठमाडौँ । नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आगामी शुक्रवार दिउँसो १ बजे संघीय संसद् भवन नयाँबानेश्वरस्थित ल्होत्से

न्यूयोर्क । रुसी विपक्षी नेता अलेक्सी नाभाल्नी विष प्रकरणमा अमेरिकाले रुसका शीर्ष अधिकारीमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकाले रुसका शीर्ष