
काठमाडौं, २ जेठ । नेपाल एयरलाईन्सको विमान मुस्ताङको जोमसोम विमानस्थलमा अवतरण गर्न लाग्दा बिहीबार बिहान दुर्घट्ना भएको नेपाल एयरलाइन्सको विमानमा सवार बाइसै जना घाइते भएका छन् । पोखराबाट उडेर जोमसोममा ल्याण्ड गर्ने क्रममा धावन मार्गमा २० मिटर गुडेर मोडिने बेलामा चिप्लिएको विमान रन वे बाहिर नजिकै कालिगण्डकी नदीको किनारमा खसेको थियो ।
घट्नामा मानवीय क्षति नभए पनि चालक दीपेन्द्र प्रधानलगायत पाँच जना गम्भीर घाइते भएका जानाइएको छ । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइतेहरुलाई पोखरा रिफर गरिएको छ ।
पोखराबाट बिहान ८ बजेर १० मिनेटमा उडेको उडेको उक्त विमानमा चालक दलका ३ जना, एक बच्चा सहित ११ नेपाली र ८ जना जापनीज नागरिक थिए । ल्यान्ड गर्ने बेलामा बढी हावा चलेका कारण बिहान ८ बजेर ३३ मिनेटमा उक्त विमान दुर्घट्ना भएको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले फागुन
विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ
डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य
काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएकोमा आपत्ति जनाएको छ । सोमबार बिहान बसेको सचिवालय बैठकले प्रधानमन्त्री