बुटवलको ‘भलाई कोष’मा करोडौँ अनियमितता

२ जेष्ठ २०७०, बिहीबार ०८:४२ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, २ जेठ । बुटवलमा प्रधानकार्यालय रहेको यातायात मजदुर तथा ब्यवसायिक भलाई कोषमा आर्थिक अनियमितता चुलिएको बुझिएको छ । गत मंसिर २९ गते कोषको ३७ औं साधारण सभाको बन्द सत्रमा कोषमा ब्यापक अनियमितताको कुरा सदस्यहरुले उठाएपछि हलबाटै बनेको छानविन समितिलाई काम गर्न नदिएपछि विवादले चर्को रुप लिएको छ । साधारणसभाको हलबाट जुद्धवहादुर केसी र पृथ्वी फौदार रहेको छानविन समिति गठन भएको थियो । ३७ औं साधारण सभामा कोषका कार्यसमिती अध्यक्ष नारायण भट्टराईले आफ्नै छोरीलाई मासिक ४ हजारका दरले आर्थिक सहयोग गरेको, कोषको गाडी व्यक्तिगत प्रयोजनमा प्रयोग गर्ने तथा व्यक्तिगत प्रयोजनमा प्रयोग गर्दा समेत कोषबाट तलव भत्ता लिने गरेको, बुटवलको भृकुटी बैंकबाट १८ प्रतिसत लोनमा लिएको रकमलाई अर्का एक्सप्रेस फाईनान्समा ९ प्रतिसतमा डिपोजिट गरेको लगायतका आर्थिक अनियमितताका साधारण सदस्यहरुले आवाज उठाएपछि साधारण सभाले छानविन समिती गठन गरेको हो ।
तर समिति गठन भएको ५ महिना वितिसक्दा पनि छानविन गर्ने वातावरण नभएको भन्दै समितिले प्रशासन गुहारेको छ भने आठजना पदाधिकारी तथा सदस्यहरुले पदबाट संयूक्त रुपमा राजिनमा दिएका छन् । समितिले ५ महिनाको वीचमा छानविनका लागि निकै प्रयास गरेपनि कोषका अध्यक्ष नारायण भट्टराईले छानविनको वातावरण सिजर्ना नगरेको जनाएको आरोप लगाएको छ । समितिलाई तीन महिनाको अवधी दिएको भएपनि काम गर्न नपाएपछि पुसको १८ गते समितिले कोषलाई पत्र लेखि काम गर्ने वातावरण गराउन माग गरेको थियो । त्यस्तै पुस २२ गते समितिले मजदुरसँग समवन्धित विभिन्न संघ सस्थाहरुलाई छानविन गर्ने वातावरण नभएको भन्दै पत्र लेखेको थियो ।
पटक–पटकको आग्रहलाइ पनि वेवास्ता भएपछि बाध्य भएर सिडियो कार्यालयलाई समेत निवेदन दिएको समितिले जनाएको छ । समितिका अनुसार गत फागुन २४ गते इलाका प्शासन कार्यालय बुटवल मार्फत प्रमुख जिल्ला अधिकारीलाई निवेदन लेखि ब्यापक अनियमितताको छानविन गर्न गठित समितिले छानविन गर्न नपाएको उल्लेख गरिएको थियो । समितिले सिडियो कार्यालयलाई काम गर्ने वातावरण मिलाइदिन अनुरोध गरेको थियो ।

पौने ४ करोडको वजेट रहने कोषमा ब्यापक अनियमितताका बारेमा छानविन गर्न नपाएको समितिले यही बैशाख ८ गते सिडिओ कार्यालयमा उजुरी निवेदन पेश गर्दै आवश्यक छानविन गरी आर्थिक अनियमितता बन्द गराई सार्वजनिक सम्पत्तिको सुरक्ष ागर्न अनुरोध गरिएको थियो ।
लिखित उजुरी निवेदन पछि जिल्ला प्रशासन कार्यालय अख्तियार शाखा रुपन्देहीले कोषका नाममा पत्र लेखि आर्थिक क्रियाकलापमा पारदर्शिता नभएको उजुरी निवेदन आएकाले ७ दिन भित्र आम्दानी खर्च र लेखा परिक्षण प्रतिवेदन लिइ अध्यक्ष र महासचिवलाई उपस्थीत हुन भनिएको थियो ।
यता ब्यापक अनियमितता भएको कुरा चर्चामा आएपछि कोषका पदाधिकारीमा पनि विवाद बढेको छ । नेपाल यातायात मजदुर संघले त संघको तर्फबाट प्रतिनिधित्व गर्ने पदाधिकारी तथा सदस्यहरुलाई संघमा राजीनामा दिन निर्देशन समेत दिएको छ । यही बैशाख २५ गते जिल्ला समितिको निर्णय वमोजिम कोषबाट राजीनामा दिन लगाएको अध्यक्ष चिरञ्जीवि पाण्डेले जनाएका छन । कोषमा संघबाट कोषध्यक्ष, सचिव सहित ६ सदस्य रहेका छन । कोषमा झण्डै ५ सय सदस्य रहेका छन् ।
केहि समय अघि समितिबाट आन्तरिक बिबादकै कारण एउटा समुह बाहिरिएको थियो भने यस पटक पनि अर्को समुह बाहिरिने निश्चित त छ नै आर्थिक हिसाब किताव तत्काल सार्वजनिक नगरे अक्तियारमा मुद्धा दर्ता गर्ने छानविन समितिका सदस्य पृथ्वी फोजदारले बताएका छन् ।
यसैबीच बुटवलस्थित यातायात मजदुर तथा व्यबसायिक भलाई कोषमा अनियमिता भएको छानविनका लागि गठन भएको समितीले सो कार्यसमिती विघटन गरी विशेष साधारण सभाको माग गरेको छ ।
गत मंसिर २९ गते कोषको ३७ औं साधारण सभामा साधारण सदस्यहरुबाट अनियमिताको चर्काे बिरोध भएपछि पृथ्वी फौदार र जुद्धबहादुर केसी सदस्य रहेको दुई सदस्यीय छानविन समिती गठन गरि ३ महिना भित्र प्रतिवेदन पेस गर्ने भनीएको थियो । तर छानविनका लागि गठन भएको समितीलाई कोष सञ्चालक कार्यसमितीबाट छानविन गर्न समेत नदिएको सोमबार दुई सदस्यीय समितीले पत्रकार सम्मेलन गरी जानकारी गराईयो । छानविन समितीका सदस्य पृथ्वी फौदारका अनुसार छानविन समितीलाई ५ महिना सम्म पनि काम गर्ने वातावरण नदिएपछि समितीले मजदुर युनियनका संगठनहरु तथा जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा समेत लिखित रुपमा उजुरी गरेको छ । पटक पटक गरेको आग्रहलाई पनि वेवास्ता गर्ने तथा छानविन समितीलाई समेत साधारण सदस्यको हैसियतमा कार्यालय समय भित्र मात्र डकुमेण्ट हेर्न मात्र सकिने समितीका पदाधिकारीहरुले बताएपछि कोषमा पक्कै अनियमिता भएको पनि छानविन समितीले ठहर गरेको अर्का सदस्य जुद्धबहादुर केसीले बताए ।
यस अगाडी भएको अधिवेसनमा एमाले र कांग्रेस निकटका मजदुर संगठनहरु नेपाल यातायात मजदुर संगठनबाट अध्यक्ष महासचिव सहित ९ जना तथा संघबाट सचिव कोषाध्यक्ष सहित ६ सदस्य रहनेगरी सहमति गरि निर्बिरोध निर्वाचित गरिएको थियो । पछिल्लो समयमा अनियमितता भएको आरोप लागेको तथा साधारण सभाले छानविन समिती बनाएपनि छानविन गर्न नदिएपछि संघले पठाएका आफ्ना सदस्यहरुलाई फिर्ता बोलाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।विश्वभरी नै कोरोना संक्रमित बढिरहेका छन् । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण संक्रमणको ग्राफ विश्वभर एकैपटक बढेको हो । पछिल्लो २४

चितवन । वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र