स्ववियु कब्जा गर्न भट्टराईको निर्देशन

२ जेष्ठ २०७०, बिहीबार ०८:२४ मा प्रकाशित

काठमाडौं, २ जेठ । पूर्वप्रधानमन्त्री एवं एमाओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले विगतमा आफूले राम्रो काम गर्न खोज्दा पनि न्यायपालिका आफ्नो अनुकुल नभएको र राष्ट्रपतिसमेत मिलेर काम गर्न नदिएको आरोप लगाएका छन् । 
अखिल क्रान्तिकारीले बुटवलमा बुधबार आयोजना गरेको स्ववियु सभामामा सहभागी भएका भट्टराईले विगतमा अधुरा रहेका काम सम्पन्न गर्नका लागि एमाओवादीले दुई तिहाई बहुमत ल्याएर देखाउनु पर्ने उदघोष गरे । दुई तिहाई बहुमत आउने गरी चुनावी फिल्डमा लागि पर्न उनले कार्यकर्ताहरुलाई निर्देशन पनि दिए ।
सत्ता भनेको कार्यपालिकासंगै न्यायपालिका र व्यवस्थापिका पनि आफ्नो अनुकुल हुनु हो भन्दै भट्टराईले विगतमा न्यायपालिका आफ्नो अनुकुल नहुँदा आफू अत्यन्त पीडित बनेको अनुभव सुनाए । स्ववियु चुनावको परिणामले संविधानसभा चुनावलाई प्रभाव पार्ने र जनमत सिर्जना गर्ने भएकाले स्ववियु चुनावलाई जसरी पनि आफ्नो पक्षमा पार्न उनले विद्यार्थीलाई निर्देशन दिए।
अहिलेका क्याम्पसहरु बेरोजगार उत्पादन गर्ने कारखाना जस्तै रहेको बताएका भट्टराईले अबको राजनीतिको नेतृत्व युवा विद्यार्थीले लिनुपर्ने भन्दै पछिल्लो समय राजनीतिप्रति युवा विद्यार्थीमा अनास्था, अरुचि र घृणा बढेको देखिनु दुखद पक्ष भएको जनाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा