बलात्कार गर्दागर्दै बालिका बेहोस

२ जेष्ठ २०७०, बिहीबार ०८:११ मा प्रकाशित

चितवन, २ जेठ । १३ वर्षिया बालिका लाई खाजा खुवाएकै भरमा ललाईफकाई बलात्कार गर्ने दुई अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अभियुक्त दुबै यातायात मजदुर हुन् । 
प्रहरीका अनुसार लोथर–नारायणघाट चल्ने ना.३ ख ३८५६ नम्वरको बस चालक नारायण खरेल र सोही बसका सफाई कर्मचारी कुमार थापा मगर बलात्कारमा संलग्न भएका हुन । भण्डारा–८ निवासी दुबै अभियुक्तले गत बैशाख मसान्तका दिन दोलखा घर बताउने ती बालिकालाई फकाएर कुमार थापा मगरको घरमा लगि बलात्कार गरेका थिए । बलात्कार गर्दागर्दै बालिका बेहोस भएपछि उनीहरुले बाहिर एकान्तस्थलमा छोडेका र बेहोस अवस्थामा स्थानीयले फेलापारेका बालिकालाई उपचारार्थ चितवन जिल्ला अस्पताल लगिएको थियो । बालिकाको बयानका आधारमा खरेल र मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कोरोना रोकथामका लागि सरकारले काम गरिरहेको

काठमाडौं।२०७८ वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण सम्पन्न नहुँदै धरहराको उद्घाटन गरे । त्यसको एक वर्षभित्र सम्पूर्ण