माओवादीले चाहे शान्ति र संविधानको काम पूरा हुने कोइरालाको विश्वास

२३ चैत्र २०६८, बिहीबार ११:४७ मा प्रकाशित

महोत्तरी, २३ चैत । नेपाली काङ्ग्रेस सभापति सुशील कोइरालाले शान्ति र संविधान निर्माणको कामलाई बल पुग्ने गरी आफ्ना कामलाई व्यवस्थित गर्न पार्टी कार्यकर्तालाई निर्देशन दिनुभएको छ । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा हिजो भएको सभालाई सम्बोधन गरेर बर्दिवासमा रहनु भएका सभापति कोइरालाले आज जिल्लाका अगुवा पार्टी कार्यकर्तालाई निर्देशन दिँदै कार्यकर्ताको बोली, व्यवहार र कामबाट शान्ति र संविधान निर्माणको कुरामा भ्रम उत्पन्न भए त्यो पार्टीभित्र कारबाहीको विषय बन्ने बताउनुभयो । माओवादीले चाहेमा शान्ति र संविधानको काम पूर्वनिर्धारित समयमा पूरा हुने उल्लेख गर्दै सभापति कोइरालाले आगामी जेठ १४ गते नयाँ संविधान जारी गर्नु सबै नेपालीको प्रमुख कार्यभार रहेको धारणा राख्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । बुधवार बसेको सत्तारुढ गठबन्धनको बैठकले अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी

काठमाडौँ । पछिल्लो २४ घण्टामा ३,८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,८८६ पीसीआर

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको