किन एक्लिए झलनाथ ?

१ जेष्ठ २०७०, बुधबार २१:०३ मा प्रकाशित

काठमाडौं, १ जेठ । हालै सम्पन्न एमाले केन्द्रीय कमिटीभर आलोचनाका पात्र बनेका पार्टी अध्यक्ष झलनाथ खनाल एक्लँदै गएका छन् । अर्जुनदृष्टि लगाएर पार्टीलाई एकढिक्का बनाउँदै लैजाने जिकिर गर्दै आएका खनालको आलोचना अरूले नभएर उनकै सहयोगीले गरेपछि उनी बिस्तारै एक्लँदै गएका हुन् । उनी एक्लिएका मात्र छैनन्, पार्टीभित्र होस् या बाहिर सबैको आलोचनाका पात्र बनेका छन् । 
पार्टी बहुपदीय प्रणालीमा गए पनि एकल प्रणालीको शैलीमा पार्टी गतिविधि सञ्चालन गर्दै आएको आरोपको सामना गरेर हैरानी व्यहोरेका अध्यक्ष खनाललाई हालै सम्पन्न केन्द्रीय कमिटी बैठकमा बोल्ने केही नेताले ‘गँड्यौला’को संज्ञासमेत दिएका थिए । स्पष्ट अडान राख्न नसक्ने तथा पार्टीको लाइनअनुसार चल्न नसक्ने नेताबाट पार्टीले आगामी संविधानसभा निर्वाचनमा कस्तो परिणाम ल्याउला, बैठकमा बोल्ने अधिकांश नेताको भनाइ थियो, ‘अब पार्टी नेतृत्वबारे पनि सोच्ने कि यदि यस्तै अवस्थामा पार्टी नेतृत्वलाई हिँड्न दिने हो भने पार्टीको भविष्य अन्धकार देखिन्छ ।’
पार्टीले गरेको निर्णय होस् या आफूले एक्लै गरेको निर्णय, कुनैमा पनि अडान लिन नसक्ने भन्दै बैठकमा बोल्ने सदस्यले पार्टी नेतृत्वको दोधारपनकै कारण अन्य पार्टीहरूले गरेको खराब कामको भागीदार एमाले हुनुपरेको तर्क गरेका थिए । ‘संवैधानिक निकायमा पदपूर्ति गर्ने विषयमा होस् या एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएका बेला तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवाललाई हटाउन समर्थन दिएर पछि फिर्ता लिने, आफ्नो नेतृत्वमा सरकार गठन गर्न पार्टीलाई थाहै नदिई एमाओवादीसँग सातबुँदे सहमति, पार्टीका वरिष्ठ नेता माधव नेपाल नेतृत्वको सरकार हटाउन निर्वाह गरेको भूमिकाले गर्दा पनि पार्टीको साख गिरेको छ,’ उनीहरूको भनाइ थियो ।
केन्द्रीय कमिटी बैठकमा एक्लो परेका अध्यक्ष खनालले बैठक अवधिभर क्षमा र माफी माग्नुपरेको थियो । स्रोतका अनुसार बैठकमा उनको आलोचना गर्ने तथा एक्ल्याउनेहरूमा पार्टी महाधिवेशनमा अध्यक्ष खनालकै प्यानलबाट महासचिव बनेका ईश्वर पोखरेल, केपी ओलीनिकट युवा नेताहरू तथा खनालनिकट युवा नेताहरू घनश्याम भुसाल, योगेश भट्टराई, विजय पौडेल, प्रकाश ज्वाला, सुरेन्द्र पाण्डेलगायतका थिए । यसरी आफ्नै भनिएकाहरूले पनि साथ छाडेपछि उनी पार्टीमा एक्लो हँुदै गएका हुन् । त्यस्तै खनालका निजी सचिवको रूपमा चिनाउन रुचाउने खनालका सहयोगी रामबाबु अधिकारीका कारण पनि खनालका सहयोगीले साथ दिन छाडेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता लिएकी छन् । पछिल्लो सार्वजनिक मतपरिणमअनुसार गठबन्धनकी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका बालेन्द्र शाहले फराकिलो अग्रतालाई कायमै राखेका छन् । मुख्य निर्वाचन अधिकृत कार्यालय

यातायात व्यवस्था विभागले जेठ ४ गतेबाट लागू हुने गरी सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। विभागले मङ्गलबार सूचना जारी गर्दै

काठमाडौं ।स्थानीय तह निर्वाचनको मतगणनाको नजिता आउने क्रम चलिरहेको छ। अहिलेसम्म देशभरका चार सय ४ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक