बहुमतको सरकार बनेपछि औद्यौगिक क्रान्ति गर्ने डा. भट्टराईको उदघोष

१ जेष्ठ २०७०, बुधबार २०:५७ मा प्रकाशित

चन्द्रकान्त खनाल, बुटवल, १ जेठ । एकिकृत नेकपा माओबादीका उपाध्यक्ष एव् पुर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले आगामी संविधानसभाको चुनावपछि एमाओवादीको बहुमतको सरकार निर्माण हुने र त्यसपछि औद्योगिक क्रान्तिमा होमिने बताएका छन् । राष्ट्रिय उद्योग ब्यापार संगठन रुपन्देहीद्धारा बुधबार बुटबलमा आयोजित अन्तरक्रिया कार्यक्रममा डा. भट्टराईले उक्त कुरा बताएका हुन् । अन्तरक्रियामा बोल्दै डा. भट्टराईले भारत र चीनबाट सन्तुलित ढंगले लगानी भित्राएर औद्योगीक बिकासमा लगानी गर्नु पर्ने बताए । यहि कारणले आफुले भारतसंग बिप्पा सम्झौता गरेको र चीनसँग पनि त्यस्तै सम्झौता गरिने उनले जनाए ।

कार्यक्रममा बोल्दै डा. भट््टराईले नेपालमा वैदेशिक लगानी नभित्रीएसम्म मुलुकको आर्थिक बिकास सम्भब नभएको उल्लेख गरे । अन्य देसबाट भन्दा भारतबाट पूँजी भित्राउन सजिलो र उपयोगी भएको उनको भनाई थियो । पुर्वर्थमन्त्रि समेत रहेका भट्राईले पूँजी र ब्यबसाय प्रर्बद्धन गर्ने निति अबलम्बन गरि ब्यबसाय मुलक अर्थतन्त्र निर्माण गर्नु र्नेमा जोड दिए । आर्थिक बिकासको लागी कृषि पर्यटन जलश्रोत र बनको बिकास गर्नुपर्नेमा उनको जोड थियो ।

संबिधानसभाको चुनाबपछि राजनिति स्थायित्व कायम हुने दाबी पनि भट्टराईले गरे । उनले आगामी मंसिरको पहिलो साता चुनाब हुने बताउँदै कुनै दलले भाग नलिँदैमा चुनाब नरोकीने जनाए । कार्यक्रममा पुर्बमन्त्री टोपबहादुर रायमाझीले मुलुकको आर्थिक बिकासको लागी गुरुयोजना आबश्यक भएको बताउदै गुरुयोजना अनुसार बिकास कामगदै जानु पर्ने उल्लेख गरे । साधन श्रोत सम्पन्न मुलुक भएपनि ब्यबस्थापन गर्न नसकिएको कारण समस्या भएको उनको धारणा थियो । कार्यक्रममा उद्योगीहरुले उद्योगीका समस्यामा कुनै पनि सरकार गम्भीर भएर नलागेको बताएका थिए । आगामी चुनाबमा पनि राजनितिक दलहरुका एजेन्डा हेरेर भोट दिने उनीहरुले बताए ।
यसैबीच बुधबार नै डा. बाबुराम भट्टराईले बुटबलको मणिमुकुन्द पार्कमा बनेको गणतन्त्र स्तम्भको अनाबरण गरे । बुटबल नगरपालिकको ६ लाख ६१ हजारको आर्थिक सहयोयमा एकिकृत माओबादी बुटबल नगरसमितिबाट निमार्ण गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अघिल्लो स्थानीय तह निर्वाचनमा नेकपा एमालेले धनकुटामा ‘क्लिन स्वीप’ गरेको थियो । तीन नगरपालिकासहित ७ पालिका रहेको धनकुटामा

काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना भइरहँदा हालसम्म तीन दलले एक सयभन्दा बढी पालिकाको प्रमुख तथा अध्यक्ष आफ्नो पोल्टामा पार्न

रुपन्देही । स्थानीय तह निर्वाचनको मत परिणाम धमाधम आइरहेको छ । यसै क्रममा लुम्बिनीका १०९ मध्ये ८१ स्थानीय तहको नतिजा

ललितपुर । ललितपुर महानगरपालिकमा हालसम्म नौ वटा वडाको मतगणना हुँदा पाँच वडाको वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।