ट्रेड युनियन कांग्रेस नयाँ कार्यसमितिलाई सपथ

१ जेष्ठ २०७०, बुधबार २०:५५ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, १ जेठ । नेपाल ट्रेड युनियन कांग्रेस रुपन्देहीमा पद हस्तान्त्रण गरिएको छ । हालै सम्पन्न निर्वाचनपछि आएको नयाँ कार्यसमितीलाई बुधबार एक कार्यक्रमका बिच पदहस्तान्तरण गर्नुका सार्थ सपथ ग्रहण गराइएको हो । आगामी ४ वर्षे कार्याकालका लागि आएको नयाँ कार्यसमितीलाई निर्वाचन अधिकृत बाबुराम पाण्डेले प्रमाणपत्र प्रदान गरि सपथ गराएका थिए ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा पुर्वसांसद सुर्यप्रसाद प्रधानले ट्रेड युनियन आन्दोलनलाई अझ सशक्त बनाउनु पर्ने बताउँदै यसका गतिविधिमा नयाँ कार्यसमिती तदारुकताका साथ लाग्नुपर्ने औंल्याए । कार्यक्रममा नव निर्वाचित अध्यक्ष काजिमान श्रेष्ठले मजदुरको यो आन्दोलनलाई अझ बढी प्रभावकारी बनाईने बताउँदै आन्दोलनबाट ट्रेड युनियनमा नयाँ गति ल्याउने कार्यमा नयाँ कार्यसमिती लागि पर्ने बताए ।
कार्यक्रममा निर्वाचन अधिकृत पाण्डे, नेपाली कांग्रेस क्षेत्र नं. ४ का सभापति हरिबहादुर आचार्य क्षेत्री, बुटवल नगर सभापति खेलराज पाण्डे, नेपाल यातायात मजदुर संघका क्षेत्रीय अध्यक्ष कृष्ण वेलवासे, नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघका अध्यक्ष जेवि गुरुङ्ग, सल्लाहकार रेश्मीराज गैरे, नेपाल शिक्षक संघका पूर्व अध्यक्ष शोमनाथ गिरी, यातायात मजदुर संघका पूर्व अध्यक्ष राजेन्द्र न्यौपाले, महिला उपाध्यक्ष सीता पौडेल, शुशिल घिमिरे, सञ्जिवकुमार रायले शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा