नेवि संघद्वारा सिद्धार्थमा चुनावी–अन्तरक्रिया

१ जेष्ठ २०७०, बुधबार ०७:४९ मा प्रकाशित

चन्द्रकान्त खनाल, बुटवल, १ जेठ । नेपाल बिद्यार्थी संघ सिद्धार्थ गौतम बुद्ध क्याम्पसले स्ववियू निर्वाचनलाई लक्षित गरी छलफल तथा अन्तरक्रिया गरेको छ । यहि जेठको २३ गते हुन लागेको स्ववीयूको निर्वाचनमा संघ कसरी प्रस्तुत हुने भन्ने बिषयमा निश्कर्षका लागि मंगलबार क्याम्पसमा छलफल आयोजना गरिएको इकाई सचिव शशिराज वेलवासेले जानकारी दिए । इकाई सभापति जगदिश पोखरेलको सभापत्तिवमा आयोजना गरिएको छलफलमा कांग्रेस क्षेत्र नं. ४ रुपन्देहीका बिद्यार्थी बिभाग प्रमुख हरि क्षेत्रीलगायतको उपस्थिति रहेको थियो । 
सोही बैठकले बिबिएस प्रथम वर्षमा रामप्रसाद घिमिरे, शिक्षा संकायतर्फ प्रथम वर्षमा जिवन पोखरेल र संगिता शर्मा, दोस्रो वर्षमा सुन्दर पौडेल र टेकबहादुर कुवँर, तेस्रो वर्षमा सुन्दर खनाललाई संकाय संयोजक र मोहन ज्ञवालीलाई संगठन विभाग प्रमुख तोकिएको सचिव वेलवासेले जानकारी दिए ।
त्यस्तैगरी नेपाल बिद्यार्थी संघ राममणी बहुमुखी क्याम्पस बिबिएस दोस्रो वर्षमा कक्षा सव इकाई समिती गठन गरिएको छ । समितीको सभापतिमा रबिन पाण्डे, उपसभापतिमा जगदिस भट्टराई, सचिवमा दिपक अधिकारी सहसचिवमा अर्जन पाण्डे र कोषाध्यक्षमा दुर्गा पाण्डे सहित २७ सदस्यीय समिती गठन गरिएको हो । पूर्व इकाई सभापति गंगाराज सापकोटाको अतिथ्यतामा भएको कार्यक्रममा अनेरास्ववीयूका सकृय सदस्यहरु नेपाल बिद्यार्थी संघमा प्रवेस गरेको पनि क्याम्पस इकाईका सभापति चिरञ्जिवी बस्यालले जानकारी दिए ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास

काठमाडाैं।पाँच दलीय सत्ता गठबन्धनकाे बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ । केही बेर अघि सुरु भएकाे बैठकमा प्रधानमन्त्री एवं कांग्रेस

ताप्लेजुङ । ताप्लेजुङमा आजदेखि कोरोना विरुद्धको कोभिडशिल्ड खोपको दोस्रो मात्रा लगाएकालाई नियमित खोप केन्द्रमार्फत बुष्टरडोज लगाइने भएको छ । कोभिशिल्ड