पार्टीबाट हटाइएपछि ठगीको आरोप लागेका निरौला सम्पर्कविहीन

१ जेष्ठ २०७०, बुधबार ०७:०६ मा प्रकाशित

काठमाडौं, १ जेठ । पार्टी अनुशासन र विधानविपरीत अराजनीतिक गतिविधि गर्दै अवैधानिक क्रियाकलापमा संलग्न रहेको भनी चुरेभावर राष्ट्रिय लोकतान्त्रिक पार्टीबाट बर्खास्त गरिएका भूमिराज निरौला हाल सम्पर्कविहीन भएका छन् । उक्त पार्टीको अध्यक्ष हुँ भन्दै निरौलाले मनोमानी ढङ्गले गर्ने गरेको कार्यले आमजनताबीच पार्टीको छवि नै धमिलिन थालेपछि उनलाई हटाएर पार्टीका उपाध्यक्ष रामचन्द्र बहाला श्रेष्ठलाई हाल सो पार्टीको कार्यवाहक अध्यक्ष बनाइएको छ । 
कार्यवाहक अध्यक्ष श्रेष्ठका अनुसार निरौलाले पार्टीको विधानविपरीत लेटरप्याड दुरुपयोग गर्नेलगायत थुप्रै गतिविधि गरेका थिए । पार्टीको नाम र लेटरप्याडलाई व्यक्तिगत हितमा उपयोग गर्दै निरौलाले सो पार्टीको नेता तथा कार्यकर्तासँग कुनै सल्लाह–सुझाब नलिईकनै मनोमानी ढङ्गले कामकारबाही गरेपछि निरौलालाई हटाउन बाध्य हुनुपरेको सो पार्टीले जनाएको छ ।
पार्टीको नीति र उद्देश्यलाई स्थापित गर्न कुनै पनि पार्टीको मुख्य नेतृत्वमा हुनुपर्ने राजनीतिक इमानदारी, आर्थिक अनुशासन र दृढसङ्कल्प निरौलामा नभएको कुरा सो पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बताइएअनुसार विगत केही महिनायता निरौलाले मनोमानी ढङ्गले पार्टी अनुशासन र विधानविपरीत अराजनीतिक र अनुशासनविपरीत कार्य गरेको खुल्न आएको छ । निरौलाले गरेको क्रियाकलापका कारण पार्टीको छवि धमिलिँदै गएपछि उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी बर्खास्त गरिएको थियो । सो पार्टीले अत्यन्तै गैरराजनीतिक र रहस्यमयी चरित्र बोकेको भन्दै निरौलाबाट बोलाइएका कुनै पनि भेला–बैठकमा संलग्न नहुनसमेत सम्पूर्ण जिल्ला समितिलाई निर्देशन दिइसकेको कुरा यसअघि नै सार्वजनिक भइसकेको छ ।
निरौलाले विगतमा पार्टीका पदाधिकारी नियुक्त गर्दासमेत विधानअनुसार केन्द्रीय सदस्यको बैठक नगराई आफ्नो मनोगत ढङ्गले नियुक्ति बाँडेकोलगायतका अनियमित कार्य गरेको भन्दै पार्टीभित्र उनी तीव्र आलोचित थिए । पार्टीको नाम र आफ्नो पदको हवाला दिएर व्यक्तिगत र स्वेच्छिक रूपमा आर्थिक हिसाब नराखेको, आफ्नो आयस्रोत पार्टीभित्र स्पष्ट नपारेको, पार्टीलाई व्यक्तिगत रूपमा प्रयोग गरेकोलगायतका उनीविरुद्धका थुप्रै उजुरी पार्टीभित्र पर्दासमेत निरौलाले मनोमानी गर्न छाडेका थिएनन् । पछिल्लोपटक निरौला सशस्त्रप्रहरीको पूर्व आइजी सनत बस्नेतसँग लेनदेनमा ठगी गरेका कारण विवादमा मुछिएका थिए । निरौलालाई सापट दिएको लाखौँ रुपैयाँ फिर्ता नगरेपछि बस्नेतले माओवादीका लडाकु प्रयोग गरी निरौलालाई अपहरण गराएर कागज गराउनु परेको भन्नेजस्ता सामाचार प्रकाशित भएका थिए ।
पार्टीको आडमा प्रभावशाली व्यक्तिहरूसँग सम्पर्क विस्तार गर्न खोज्दै व्यक्तिगत स्वार्थ पूरा गर्न हदैसम्मको निकृष्ट कार्य गर्नसमेत पछि नहट्ने निरौलाले पछिल्लो दिनमा नेकपा–माओवादीका केन्द्रीयस्तरका नेताको विरुद्धमा समेत पार्टी नीतिविपरीत गैरराजनीतिक अभिव्यक्ति सार्वजनिक गरेका थिए । सोलगत्तै नेकपा–माओवादीले विज्ञप्ति जारी गरी सोको प्रतिवाद गरेको थियो । पार्टीको नाम र पदको हवाला दिएर विभिन्न गतिविधि गर्दै आएका निरौलाविरुद्ध थुप्रै उजुरी परेको कुरा सो पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने तयारी गरेका छन् । केन्द्रीय समिति

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा

आजको प्रमुख समाचार