प्रधानमन्त्री र भारतीय सेना प्रमुखबीच भेट

२३ चैत्र २०६८, बिहीबार ११:२७ मा प्रकाशित

काठमाडौ, २३ चैत्र । प्रधानमन्त्री डा. बाबुराम भट्टराई र भारतीय सेना प्रमुख विजयकुमार सिंहबीच शिष्टाचार भेटवार्ता भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज भएको भेटवार्तामा नेपालको शान्ति प्रक्रियाका विषयमा छलफल भएको थियो । भेटमा प्रधानमन्त्री भट्टराईले भारतीय सेनाको लोकतान्त्रिक परम्परा, नागरिक नेतृत्व अन्तरगत रहेर काम गर्ने परम्पराको सरहाना गर्नुभयो । उहाँले नेपाली सेना पनि लोकतान्त्रिक परम्परा अंगाल्दै सेना समायोजनमा सकारात्मक भूमिका खेलेको हुनाले सेना समायोजन पक्रिया सफल हुने बताउनुभयो ।
त्यस्तै भारतीय सेना प्रमुख सिंहले नेपालको शान्ति प्रक्रियामा आफ्नो सदभाव रहेको र आवश्यक सहयोग रहनेमा विश्वस्त हुन आग्रह गर्नु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । उनले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्‍याएका छन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई नेपालको

काठमाडौं । ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान आज धुमधामसँग मनाउने तयारीमा जुटेका छन् । यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्वको खोप र स्वास्थ्य सामग्री सहयोगका लागि अमेरिकी सरकारसँग आग्रह गर्नुभएको छ । कोभिड–१९ सङ्कट