सुकुम्बासी आयोगको विषयमा सुशील र प्रचण्डबीच चर्काचर्की

१ जेष्ठ २०७०, बुधबार ०७:०४ मा प्रकाशित

काठमाडौं, १ जेठ । नेपाली काङ्गे्रसका सभापति सुशील कोइराला संयोजक रहनुभएको उच्चस्तरीय राजनीतिक संयन्त्रको अन्तिम बैठकमा एमाओवादी अध्यक्ष प्रचण्ड र कोइरालाबीच चर्काचर्की प¥यो । बैठकमा सभापति कोइरालाले एमाओवादीका नेता भक्ति लामिछाने अध्यक्ष रहेको सुकुम्बासी आयोगले आफ्नो पार्टीका कार्यकर्तालाई जथाभावी जग्गाजमिन वितरण गरी चुनावलाई प्रत्यक्ष प्रभाव पार्न खोजेकोले तत्कालै सुकुम्बासी आयोग खारेज गर्नुपर्ने प्रस्ताव राख्नुभयो । कोइरालाको प्रस्ताव आउनेबित्तिकै एमाओवादी अध्यक्ष कड्किनुभयो र भन्नुभयो, ‘कुनै हालतमा सुकुम्बासी आयोग खारेज गरिँदैन । सुशीलजी यस्ता कुरा गर्नुहुन्छ भने हाम्राबीच कुनै सहमित हुन सक्दैन ।’ प्रचण्डका कुरा सुनेपछि सुशील कोइराला क्रूद्ध हुनुभयो र उहाँले भन्नुभयो, ‘तपाईंहरूकै कारण सहमति हुन नसकिरहेको हो, यस्तै हठ गर्ने हो भने फेरि पनि सहमति नबन्न सक्छ । तपाईंहरू आफूलाई बदल्नोस्, आफ्नो सोच र व्यवहार बदल्नुहोस्, आफूले जे ग¥यो त्यही हुनुपर्छ भन्ने कुरा दिमागबाट हटाउनुहोस् । सुकुम्बासी आयोग खारेज हुनैपर्छ यदि चुनावी वातावरण स्वच्छ बनाउने हो भने ।’ दुई नेताबीच यसरी चर्काचर्की परेपछि डा. बाबुराम भट्टराई बैठक छोडेर बाहिरिनुभयो । त्यसपछि प्रचण्डले भन्नुभयो, ‘सुकुम्बासी आयोगको कार्यकाल अब धेरै छैन, यसले आफ्नो कार्यकाल पूरा गर्छ, गर्न पाउनुपर्छ ।’ प्रचण्डले यसरी हठ गरेपछि बैठकका अन्य सहभागीले हस्तक्षेप गर्नुपरेको थियो । यस सम्बन्धमा भोली २ गते बिहिबार हुने संयन्त्रको बैठकमा पुनः छलफल हुने बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।विश्वभरी नै कोरोना संक्रमित बढिरहेका छन् । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण संक्रमणको ग्राफ विश्वभर एकैपटक बढेको हो । पछिल्लो २४

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र

प्योङयाङ।उत्तर कोरियाले फेरि अर्को मिसाईल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी सागरमा बिहीबार अर्को मिसाईल प्रहार गरेको हो ।