‘थ्रेसहोल्ड’ बन्यो गलपासो, सरकारले थाल्यो चुनावी छलफल

१ जेष्ठ २०७०, बुधबार ०६:४६ मा प्रकाशित

काठमाडौं, १ जेठ । संविधानसभा निर्वाचन सम्पन्न गर्न बनेको सरकारले दुई महिना बितिसक्दा पनि निर्वाचन मिति घोषणा गर्न नसकेको भन्दै चौतर्फी आलोचना खेपिरहेको अवस्थामा चुनावी मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले मिति घोषणा गर्ने विषयमा दलीय छलफल तीव्र बनाएका छन् । निर्वाचनसम्बन्धी कानुन, संविधानसभा सदस्य सङ्ख्या तथा निर्वाचन क्षेत्र निर्धारण गर्नेबारे दलहरूबीच चर्को विवादका कारण चुनावको मिति घोषणा गर्न नसकेको भन्दै अध्यक्ष रेग्मीले विवादित विषयमा सहमति जुटाउने उद्देश्यका साथ दलीय छलफल अघि बढाएका हुन् । 
विवादित विषयमा सहमति जुटाउन नेपाली काङ्ग्रेसबाट छलफल अघि बढाएका रेग्मीले मंगलबार एमाले तथा अन्य साना दलका नेताहरूसँग छलफल गरेका छन् । बेग्लाबेग्लै गरिएको छलफलमा एमाले तथा अन्य साना दलहरूले पुरानै अडान दोहो¥याएका थिए । पार्टी उपाध्यक्ष वामदेव गौतम, सचिव विष्ण्ँु पौडेल तथा नेताहरू भीम रावल र अग्नि खरेललाई साथ लिएर रेग्मीसँग निर्वाचन कानुनलगायत विवादित विषयमा छलफलमा पुगेका अध्यक्ष झलनाथ खनालले पार्टीले अघि सारेको पुराना अडान कायम राख्दै एमालेले आगामी संविधानसभाको सिटसङ्ख्या घटाउने विषयमा चार दलबीच भएको सहमति नै कायम हुनुपर्ने अडान राखेका थिए । उनले निर्वाचन आयोगले प्रस्ताव गरेको थ्रेसहोल्डको व्यवस्था तथा फौजदारी अभियोग लागेको व्यक्तिले निर्वाचनमा सहभागी हुन नपाउने व्यवस्था कायम राख्नुपर्नेमा जोड दिएका थिए ।
थ्रेसहोल्ड तथा फौजदारी अभियोग लागेकाले चुनाव लड्न नपाउनेसम्बन्धी प्रस्तावको पक्षमामा आफूहरू रहेको र त्यसलाई परिवर्तन गर्न नहुने अडान राखेका थिए । एमोआवादी र मधेसी मोर्चा भने थ्रेसहोल्ड र फौजदारी अभियोगको विषय हटाउनुपर्ने पक्षमा छन् । साना दलको माग भन्दै एमाओवादी र मधेसी मोर्चा आगामी संविधानसभालाई पनि ६ सय १ कै बनाउनुपर्ने बताउँदै आएका छन् । मंगलबार भएको छलफलमा सहभागी साना दलको नेताहरूले पनि पुरानै व्यवस्था कायम गरिनुपर्नेमा जोड दिएका थिए । उनीहरूले थ्रेसहोल्डको पक्षमा आफूहरू नरहेकाले त्यसलाई हटाउन आग्रह गरेका थिए । तर, रेग्मीले यस विषयमा सबैसँग सल्लाह गरेर मात्र सरकारले निर्णय लिने जानकारी गराएका थिए । रेग्मीले सोमबार काङ्ग्रेस नेताहरूसँग छलफल गरेका थिए भने आज बुधबार मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले एमाओवादीका अध्यक्ष प्रचण्डसँग छलफल गर्ने बालुवाटार सुत्रले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४