पुर्वप्रधानमन्त्री बाबुराम भट्टराई बुधबार बुटवल पुग्दै

३१ बैशाख २०७०, मंगलवार २२:४९ मा प्रकाशित

रुपन्देही, ३१ वैशाख । पुर्वप्रधानमन्त्री तथा एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा .बाबुराम भट्टराई बुधबार रुपन्देही आउँदैछन् । जिल्लामा आयोजना गरिएका विभिन्न कार्यक्रममा आतिथ्यताको लागी उनी बुटवल आउन लागेको बताइएको छ । डा. भट्टराईले बुधबार विहान १० वजे अनेरास्ववियु क्रान्तिकारीले वुटवल बहुमखी क्याम्पसमा आयोजन गरेको स्ववियु चुनावीसभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ । 
त्यसैगरी एमाओवादी निकटका उद्योगी व्यवसायीले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा करिव ४ बजेसम्म सहभागी हुने कार्यक्रम रहेको एमाओवादी रुपन्देहीका प्रचार प्रसार संयोजक यज्ञ पोख्रेलले बताए । त्यसपछि एकिकृत नेकपा माओवादी वुटवल नगर समितीले मणिमुकुन्द सेन उद्यान परिसरमा निर्माण गरेको संघिय गणतन्त्र नेपाल स्तम्भको अनावरण गर्ने कार्यक्रम रहेको छ ।
वुटवल नगरपालिकाको मुख्य आर्थिक सहयोग, पार्टीको लगानी तथा जनश्रमदानवाट उक्त स्तम्भ निर्माण गरिएकोे नगर इन्चार्ज हरिप्रसाद घिमिरेको कथन छ । त्यसैगरी डा. भट्टराई विहिवार विहान पार्टीको जिल्ला र राज्य समितीका सदस्यहरु सहभागीता रहने राजनितीक प्रशिक्षणमा सहभागी भई राजधानी फर्कने कार्यक्रम तय गरिएको संयोजक पोख्रेलले जानकारी दिए ।
चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर

काठमाडौँ ।संसदीय निर्वाचन २०७४ साल मङ्सिरमा भएकाले संसद्को पाँच वर्षे कार्यकाल सकिन अझै एक वर्ष बाँकी छ । संसद्का दुवै

काठमाडौँ ।निर्वाचन आयोगले एकपछि अर्काे ताकेता गर्दा पनि सरकारले स्थानीय तहको निर्वाचनबारे अन्योलता थपिरहेको छ । बरु सरकारमा आवद्ध पाँच