विद्युत समस्या समाधानका लागि धर्नाको तयारी

३१ बैशाख २०७०, मंगलवार २२:३७ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, ३१ वैशाख । नेपाल विद्युत प्राधिकरणद्वारा हालै जारी अनियमित लोड सेडिङ र बिद्युत आपूर्तिको समयमा समेत हुने गरेको लो भोल्टेज र ट्रिपिङ समस्याले उद्योग संचालनमा कठिनाई उत्पन्न भएको भन्दै रुपन्देही उद्योग संघमा आवद्ध उद्योगीहरुको बृहत भेला सम्पन्न भएको छ ।
संघका अध्यक्ष तेजकुमार पाठकको अध्यक्षतामा भएको भेलामा उपस्थित उद्योगीहरुले बिद्युत प्राधिकरणको लापर्वाहीका कारण समस्या परेको बताएका थिए । संघका अध्यक्ष पाठकले अनियमित लोड सेडिङ, लो भोल्टेज र ट्रिपिङ समस्याले मेसिनहरु नचल्ने, बिग्रिने र कच्चा पदार्थ खेर जाने अवस्था सिर्जना भएको हु“दा तत्काल सो समस्या समाधान गर्नुपर्ने बताउनु भयो ।
संघका निवर्तमान अध्यक्ष एजाज आलमले बिद्युत आपूर्तिको समस्या गुणस्तरीय बिद्युत प्रवाह गर्नुपर्ने र यसो नगरेमा त्यसको क्षतिपूर्ति प्राधिकरणले उपलब्ध गराउनुपर्ने बताउनु भएको थियो । उद्योगी विदुर ढुंगानाले विगतका समयमा पनि यस्तो समस्या आउने गरेको र प्राधिकरणलाई दवाव दिँदा समस्या समाधान भएको बताउ“दै दवावमूलक कार्यक्रम संचालन गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा संघका सल्लाहकार सुनिल श्रेष्ठ, उद्योगी मेघराज भण्डारी र रचना भट्टराई लगायतले आ–आप्mनो धारणा राख्नुभएको थियो ।
भेलाले अनियमित लोडसेडिङ, ट्रिपिङ र लो भोल्टेज समस्या समाधान गर्न जोडदार माग समेत गरेको छ भने समस्या समाधान नभएमा चरणवद्ध आन्दोलन गर्ने निर्णय समेत गरेको छ । सोही समास्यालाई समाधान गर्न संघका अध्यक्ष तेजकुमार पाठकको नेतृत्वमा आजै गएको डेलिगेसन टोलीले नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालयका कार्यालय प्रमुख ई. युवराज आचार्यलाई माग पत्र बुझाएको छ भने जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा गई सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण खनाललाई समेत माग पत्र बुझाएको छ ।
तीन दिनभित्र समस्या समाधान नभएमा आगामी जेठ ५ गते आइतबार बिहान ११ः०० बजेदेखि नेपाल बिद्युत प्राधिकरण वितरण शाखा बुटवलमा धर्ना दिने समेत संघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

वासिङ्टन। अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार युक्रेनलाई लिएर रुससँगको द्वन्द्व “टार्नै नसकने” अवस्थामा नपुगेको बताउँनुभएको छ । “कूटनीतिक पहलका लागि

काठमाडाैं।पाँच दलीय सत्ता गठबन्धनकाे बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ । केही बेर अघि सुरु भएकाे बैठकमा प्रधानमन्त्री एवं कांग्रेस

ताप्लेजुङ । ताप्लेजुङमा आजदेखि कोरोना विरुद्धको कोभिडशिल्ड खोपको दोस्रो मात्रा लगाएकालाई नियमित खोप केन्द्रमार्फत बुष्टरडोज लगाइने भएको छ । कोभिशिल्ड

कास्की । कास्कीको माछापुच्छ«े गाउँपालिका–६ भिँडाबारीमा लामो समयदेखि निर्माण चर्चामा रहेको एन्फा टेक्निकल सेन्टर(बहुउद्धेश्यीय प्राविधिक केन्द्र) निर्माण हुने निश्चित भएको