मोटरसाइकल जुध्दा ठहरै

३१ बैशाख २०७०, मंगलवार २२:२० मा प्रकाशित

रुपन्देही, ३१ वैशाख । नवलपरासीमा मंगलबार भएको छुट्टाछुटटै दुर्घटनामा दुईको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् । जिल्लाको दक्षिणी सिमाबर्ती क्षेत्र प्रतापपुरमा मंगलबार दिउसो दुईवटा भारतीय नंबर प्लेटका मोटरसाइकल एक आपसमा जुध्दा एक जनाको ज्यान गएको छ भने तीन जना घाईते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । 
युपी ५३एस ५५७७२ र युपी ५६३२४५ नम्बरको मोटरसाईकल जुध्दा भारत महाराजगञ्जका ४५ बर्षीय देवेशकुमार त्रिपाठीको ज्यान गएको हो । दुर्घटनामा परी भारत महाराजगञ्जका बासुदेव यादव, हनुमान गौड र वीरेन्द्र गौंड घाइते भएका छन । घाइतेहरुकोे स्थानीय मेडिकलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले प्रहरीले जनाएको छ ।
त्यसैगरी पुर्व पश्चिम राजमार्गअन्तरगत नवलपरासीको अमरापुरी ७ मा ट्याक्टरको ठक्करबाट एक जना बालकको ज्यान गएको छ । ना ३ त १४१३ ट्याक्टरको ठक्करबाट सोमबार राति एक जना बालकको ज्यान गएको हो । इलाका प्रहरी कार्यालय नवलपुरका अनुसार ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका स्थानीय ७ बर्षीय बालक इसान आलेको उपचारको क्रममा भरतपुर स्थित मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो । प्रहरीले ठक्कर दिने ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

काठमाडौं । राष्ट्रिय सभा सदस्यका लागि बुधबार भएको १९ पदको निर्वाचनमा १ सिट बाहेक सबैमा सत्ता गठबन्धन विजयी भएको छ

काठमाडाैँ । सरकारले प्राथमिकताका साथ कोभिडविरुद्धको खोप निःशुल्क लगाएपछि दक्षिण एसियामै धेरै प्रतिशत जनसङ्ख्याले खोप लगाउने मुलुकमा नेपाल पनि परेको