आदिवासी जनजाती महासंघ अध्यक्षमा कुमाल

३१ बैशाख २०७०, मंगलवार १९:३६ मा प्रकाशित

काठमाडौं, ३१ वैशाख । नेपाल आदिवासी जनजाति महासंघको केन्द्रीय अध्यक्षमा नेपाली कांग्रेसनिकट नगेन्द्र कुमाल निर्वाचित भएका छन् ।  चितवनको सौराहामा जारी महासंघको आठौं महाधिवेशनबाट चन्द्रविक्रम राईलाई पराजित गर्दै नेविसंघ इलामका पूर्व अध्यक्ष नगेन्द्र कुमाल निर्वाचित भएका हुन् । कुमाललाई निर्वाचनमा खसेको कुल ५३ मतमध्ये ३२ मत हासिल भएको थियो भने राईले १८ मत पाएका थिए ।
महासंघको १३ सदस्यीय सचिवालयको महासचिवमा पेम्बा भोटे, पाँचजना उपाध्यक्षमा रोश्नी मेचे (महिला), डन्डु शेर्पा (हिमाल), सूर्यबहादुर माझी (पहाड), चिनीलाल माझी (भित्री तराई), राम अवतार मण्डल (तराइ)बाट विजयी  भएका छन् भने पांच सदस्यीय सचिवमा यसोदा चौधरी, गणेशराज थकाली, यमबहादुर चेपाङ, ध्यानी उराउ र चिनियाँ माझी छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

काठमाडौं । राष्ट्रिय सभा सदस्यका लागि बुधबार भएको १९ पदको निर्वाचनमा १ सिट बाहेक सबैमा सत्ता गठबन्धन विजयी भएको छ

काठमाडाैँ । सरकारले प्राथमिकताका साथ कोभिडविरुद्धको खोप निःशुल्क लगाएपछि दक्षिण एसियामै धेरै प्रतिशत जनसङ्ख्याले खोप लगाउने मुलुकमा नेपाल पनि परेको